site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मतीसहित यी प्रदेशमा छ भारी वर्षाको सम्भावना, जनजीवन प्रभावित हुनसक्ने 
फाइल तस्बिर

काठमाडौं । देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । ६ वटा प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । मधेस प्रदेशबाहेकका सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । अहिले कोसी, मधेस, वाग्मती र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखी सामान्य बदली रहेको छ । देशका बाँकी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मधेस प्रदेशलगायत कोसी प्रदेशका तराई भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

विभागले आज राति मधेस र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । 

भारी वर्षा र हावाहुरीको सम्भावना रहेकाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने विभागले जनाएको छ ।  हावाहुरी, भारी वर्षा, चट्याङ, गेग्रान बहाव, बाढीपहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ०६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro