site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साइबर अपराधका घटना दोब्बरले बढे, सात महिनामा साढे ६ हजार उजुरी

काठमाडौं । साइबर अपराधका घटनासम्बन्धी उजुरी पर्ने क्रम बढ्दै गएको छ । सूचना प्रविधिको विकास र इन्टरनेटको प्रयोग बढ्दै गएसँगै साइबर अपराधसम्बन्धी घटना बढ्दै गएका हुन् ।

नेपालमा इन्टरनेटका माध्यमबाट हुने आपराधिक गतिविधिहरू डरलाग्दो तरिकाले बढ्दै गएको तथ्यांक देख्न सकिन्छ । 

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोको तथ्यांकअनुसार गएको आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी उजुरी दोब्बरले बढेका छन् । 

साइबर ब्युरोमा आर्थिक वर्ष २०७९/०८० मा ९ हजार १३ निवेदन परेका थिए । गत आर्थिक वर्ष २०८०/०८१ मा भने यो संख्या दोब्बरभन्दा बढीले बढेर १९ हजार ७३० पुगेको छ ।

ब्युरोमा आर्थिक वर्ष २०७७/०७८ र ०७८/०७९ मा क्रमशः तीन हजार ९०६ र चार हजार ६८६ उजुरी दर्ता भएको छ । ती उजुरीमध्ये ०७७ सालमा ७६ मुद्दा दर्ता भएका छन् । ०७८ सालमा १३२ र ०७९ मा १२७ मुद्दा दर्ता भएका थिए । 

यसरी पर्ने उजुरीहरूमा ठगी, चरित्र हत्या, गोपनीयता भंग गर्नेदेखि प्रोनोग्राफिक सामग्री सार्वजनिक एवं प्रसारण गरेको जस्ता घटना छन् ।

सात महिनामा ६ हजार ७०२ उजुरी
यस वर्ष (२०८१)को वैशाखयता साइबर ब्युरोमा साढे ६ हजारभन्दा बढी उजुरी परेका छन् । केन्द्रीय साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थीले गएको मसिंर ४ गतेसम्म ६ हजार ७०२ उजुरी परेको बताए । 

सात महिनामा परेका उजुरीमा सबैभन्दा धेरै सामाजिक सञ्जाल फेसबुकमा भएका तीन हजार ९४९ घटना छन् । इन्स्टाग्रामबाट एक हजार २८२ र ह्वाट्सएपबाट भएका ७५९ साइबर अपराधसम्बन्धी उजुरी ब्युरोमा परेका छन् ।

टिकटकबाट ३५६, ईसेवासँग सम्बन्धित १५१, इमेलबाट ४१, भाइबरबाट ११, एक्स (पुरानो ट्विटर)बाट एक, युट्युबसम्बन्धी २९, वेबसाइटका दुई, इमोबाट भएका सात र अन्य ११४ वटा साइबर अपराधसम्बन्धी उजुरी ब्युरोमा दर्ता भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro