site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एसईईको नतिजामा सुधार, माथिल्लो जीपीए ल्याउने बढे
Siddhartha BankSiddhartha Bank

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक भएको छ ।

चार लाख ८४ हजार ९३९ विद्यार्थी सहभागी भएकोमा सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या एक लाख २ हजार २९३ रहेको छ ।  जुन कुल विद्यार्थी संख्याको २१.०९ प्रतिशत हो । 

Agni Group
NIC Asia

त्यसैगरी ०.८० देखि १.२ जीपीए ल्याउनेको संख्या दुई हजार २००, १.२ देखि १.६ सम्म ल्याउने ३८ हजार ७७०, १.६ देखि २ सम्म ल्याउने ८८ हजार ४४७ जना छन् । 

त्यस्तै, २.४० देखि २.८० जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ८९ हजार ३३१ छ । ७२ हजार ३६२ जनाले २.८ देखि ३.२ जीपीए ल्याएका छन् । ३.२० देखि ३.६० जीपीए ल्याउनेको संख्या ५५ हजार ७९ रहेको छ । २२ हजार ४७५ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन् । 

Global Ime bank

एसईईको नतिजामा झन्डै १४ हजार विद्यार्थीको ग्रेडिङ गरिएको छैन । कुल चार लाख ८४ हजार ९३९ विद्यार्थी सहभागी भएकोमा १३ हजार ९९२ जना विद्यार्थीको ग्रेडिङ नभएको हो । जुन २.८९ प्रतिशत हुन्छ ।

बोर्डका अनुसार आंशिक परीक्षा दिएका र अनुपस्थितहरूलाई ग्रेडिङ नगरिएको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले यो वर्ष एसईईको नतिजा गत वर्षको भन्दा सुधार भएको बताए । 

SEE (2)1688638561.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय