site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मापदण्डविपरीत तेल उत्पादन गर्ने कम्पनीलाई काठमाडौं महानगरले गर्‍यो जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत तेल उत्पादन गर्ने चारवटा ‘ब्रान्ड’का उत्पादक कम्पनीलाई आठ लाख रुपैयाँ जरिवाना गराएको छ । महानगरले १३ वटा ब्रान्डका खाने तेलको नमुना परीक्षण गर्दा चार ब्रान्डमा नेपाल सरकारले तोकेको पारोक्साइडको मात्रा धेरै भएको पाएपछि जरिवाना गरिएको  ।

मापदण्डभन्दा धेरै पारोक्साइड भ्यालू र एसिड भ्यालू भई सरकारले तोकेको गुणस्तर नभएकोमा २०८० पुस २७ गते उत्पादन भएको, पक्वान ब्रान्डको ब्याच/लट नम्बर २ को रिफाइन सोयाबिन आयल रहेको महानगरले जनाएको छ । यो श्रीराम रिफाइन्ड आयल प्रोडक्ट, मोरङको उत्पादन रहेको कामपा कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए ।  

प्रमुख न्यौपानेका अनुसार विसं २०८० कात्तिकमा उत्पादन भएको अमृत ब्रान्डको ब्याच/लट नम्बर ११ को रिफाइन सोयाबिन आयल र २०२४ अप्रिल महिनामा उत्पादन भएको क्वालिटी ब्रान्डको ब्याच/लट नम्बर ०८ को रिफाइन सोयाबिन आयलमा सरकारले तोकेको मापदण्ड नपाइएकाले जरिवाना गराइएको हो ।

यी उत्पादनहरू क्रमशः अन्नपूर्ण भेजिटेबल प्रोडक्ट प्रालि, वीरगञ्ज पर्सा र क्वालिटी आयल रिफाइनरी प्रालि, कटहरी विराटनगरका हुन् ।  

विसं २०८० माघमा उत्पादन भएको, ब्याच/लट नम्बर १० को फेमिली ब्रान्डको आयातित तोरीबाट स्वदेशमा उत्पादन भएको तेलमा पारोक्साइड भ्यालू मापदण्डमा नरहेको पाइएको प्रमुख न्यौपानेले जानकारी दिए । यो शिवशक्ति घ्यू उद्योग जीतपुर, बाराको उत्पादन हो ।

उक्त ब्रान्डहरूको नमुना परीक्षणका लागि महानगरले गत वैशाख ३१ गते ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ बबरमहल पठाएको थियो । यससँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि तीन ब्रान्डलाई कारबाही गरिएको हो । 

“नतताउँदा देखिएको यो भ्यालू तताएपछि झन् बढ्छ । यसो हुनु भनेको तेल अझ अखाद्य हुनु हो,” प्रमुख न्यौपानेले भने । मिसावट भेटिएका उक्त तेल तीन दिनभित्र फिर्ता ल्याएर तेल नष्ट गरिएको प्रमाणसहित उपस्थित हुन सम्बन्धित निकायलाई महानगरले पत्राचार गरेको छ । रासस

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २१:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro