site stats
बाह्रखरी :: Baahrakhari
देश
सगरमाथा आरोहण गर्ने मापदण्ड सरकारले कानुनमै व्यवस्था गर्नुपर्छ : सांसद शेर्पा
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रियसभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सगरमाथा कुन रुटबाट चढेकालाई मान्यता दिने भन्ने विषयमा सरकारसँग स्पष्ट मापदण्ड हुनुपर्ने उनको भनाइ थियो ।

मंगलबार राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शेर्पाले हेलिकोप्टरबाट दोस्रो क्याम्पमा पुगेकाहरुलाई पनि सगरमाथा चढेको मान्यता दिने गरेको भन्दै आपत्ति समेत जनाए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पर्यटकहरुकै कारण हिमाली क्षेत्रको वातावरण प्रदुषित हुन पुगेको उल्लेख गर्दै त्यस्तो हुन नदिन पनि सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यक्ता औँल्याउँदै सांसद शेर्पाले पर्यटनले विकासमात्रै नभएर विध्वंश पनि निम्त्याउन सक्छ भन्ने मान्यतालाई आत्मासात गरेर पर्यटन नीति ल्याउन पनि सरकारलाई सुझाव दिए ।

सांसद शेर्पाले पर्यटन क्षेत्रको विकासका लागि सरकारले गुरुयोजना नै तय गर्नुपर्ने पनि पटकपटक दोहो¥याए ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्