site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
करोड क्लबमा प्रवेश गर्ने नेपाली गीत

काठमाडौं । “सुरुमा ‘सुर्के थैली...’ यस्तो हिट हुन्छ जस्तो लागेकै थिएन,” अघिल्लो साता इनाश अवार्डमा ‘कुटुमा कुटु...’ गीत गाउन स्टेज चढेका रचनाकार, संगीतकार तथा गायक राजनराज शिवाकोटी भन्दै थिए, “पछि ‘पूर्वपश्चिम रेल...’ पनि हिट भयो, ‘कुटुमा कुटु...’ लाई पनि दर्शकले मन पराइदिनुभयो ।”

पछिल्लो समय उनका गीतले एकपछि अर्को नयाँ रेकर्ड बनाउँदै गएका छन् । चलचित्र ‘वडा नम्बर ६’ मा समवेश भएको ‘सुर्के थैली...’ बोलको गीत नेपाली सांगीतिक क्षेत्रमा युट्युब च्यानलमा एक करोड भ्यू पुग्ने पहिलो गीत हो । अहिले यो गीत २ करोड २५ लाख भन्दा धेरै पटक सर्च भैसकेको छ । 

यो गीतमा स्वर राजनराज शिवाकोटीसँगै अञ्जु पन्त र राजु विश्वकर्माको छ भने शब्द तथा संगीत राजनराज शिवाकोटी कै हो । 

राजनराजकै अर्को गीत ‘पूर्व पश्चिम रेल...’ पनि युट्युब हिट्समा करोड क्लबमा प्रवेश गरेको गीत हो । चलचित्र ‘छक्का पञ्जा’ मा समावेश भएको यो गीतमा स्वरमा राजनराज शिवाकोटीलाई अञ्जु पन्तले साथ दिएकी छन् । शब्द तथा संगीत राजनराजकै छ । 

यो गीतको युट्युब हिट्स पनि १ करोड ९४ लाखबाट उकालो लागिसकेको छ ।  

‘सुर्के थैली...’ ले करोडको रेकर्ड बनाएपछि राजनराज भन्दै थिए, “मेरो प्रतिस्पर्धा अब अरुसँग हैन आफैसँग हुनेवाला छ । आँफैले बनाएको रेकर्ड ब्रेक गर्न मलाई कम चूनौती छैन ।” तर, उनका गीतले क्रमशः नयाँ नयाँ रेकर्ड बनाउँदै गए । आफ्नै चूनौतीलाई भेट्न उनलाई गाह्रो परेन । 

राजनराजले नै तयार पारे चलचित्र ‘२ रुपैयाँ’ का लागि ‘कुटुमा कुटु...’ बोलको गीत । जसले नेपाली सांगीतिक क्षेत्रमका रहेका सबै रेकर्ड बे्रक गर्यो । सबैभन्दा छोटो समयमा धेरै हेरिने गीतको रेकर्ड यो गीतका नाममा गयो । ३ करोड ७ लाख भन्दा धेरै पटक यो गीत युट्युबमा हेरिसकिएको छ । अहिले सम्म अन्य कुनै पनि नेपाली गीतको युट्यु भ्यू ३ करोड पुगेको छैन । 

शब्द तथा संगीत राजनराजको रहेको गीतमा उनलाई स्वरमा अञ्जु पन्त र राजन इशानले साथ दिएका छन् । 

करोड क्ल्बमा प्रवेश पाउने अर्को गीत हो,– ‘काले दाई...’ । चलचित्र ‘पर्व’ को यो गीत १ करोड ७९ लाख पटक सर्च गरिएको यो गीतमा स्वर निश्चल बस्नेत र मिना निरौलाको छ । संगीत कोशिष क्षेत्रीको रहेको गीतमा शब्द दिनेश राउतको छ । 

चलचित्र ‘लुट–२’ को गीत ‘ठमेल बजार...’ करोड भिवर्स बटुल्ने अर्को लोकप्रिय गीत हो । यो गीतमा कालीप्रसाद बास्कोटा, मिना निरौला र भानुभक्त ढकालको स्वर छ । कालीप्रसाद बास्कोटाले संगीत भरेको गीतमा एकतारे र कालीप्रसादले संयुक्त रुपमा शब्द कोरेका छन् । 

यो गीत २ करोड १६ लाख भन्दा धेरै पटक युट्युब च्यानलमा हेरिसकिएको छ । 

आफूलाई अब्बल सावित गर्दै युट्युब च्यानलमा आफूलाई अग्रंपक्तिको सूचीमा राख्न सफल अर्को गीत हो,–‘साइँली...’ हेमन्त रानाको स्वरमा रहेको यो गीत एकै दिनमा ५ लाख पटक युट्युबमा सर्च गरिएको गीत हो । 

कालीप्रसाद बास्कोटाको संगीत रहेको गीतमा शब्द हिमाल साउद र कालीप्रसादकै छ । 

‘ए दाजु नसमाउ...’ बोलको गीत पनि करोड क्ल्बमा प्रवेश गर्ने अर्को लोकप्रिय गीत हो । चलचित्र ‘छक्का पञ्जा–२’ मा समावेश यो गीतमा स्वर अल्मोडा राना उप्रेती र सुजता बर्माको छ ।

शब्द प्रिन्स नेपाली र दीपकराज गिरीको रहेको भने संगीत प्रिन्स नेपाली र कान्छा मगर नेपालीको छ । 

 

करोड क्लमा प्रवेश गर्ने ‘साइँली...’ बाहेक सबै चलचित्रमा समावेश भएको गीत हुन् । 

राजनराज शिवाकोटी र कालीप्रसाद बास्कोटाका गीतले सबैभन्दा धेरै करोड क्ल्बमा प्रवेश गरेको पाइएको छ ।

पछिल्लो समय गीतको लोकप्रियता उसको युट्युब हिट्सलाई लिएर मूल्यांकन गर्न थालिएको छ । सबै राम्रा गीतको युट्युब हिट्स पनि राम्रो हुन्छ भन्ने छैन तर मूल्यांकनको एउटा पाटोको रुपमा भने यसलाई अस्वीकार गर्ने ठाउँ छैन । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०७४  ०९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro