देश
काठमाडौं । विद्यार्थीबाट कुटिएका त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई न्यायको माग गर्दै बृहत् नागरिक आन्दोलनको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार काठमाडौं जिल्ला अदालत परिसरबाहिरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
चलाउनेमाथि कुटपिट गरेको अभियोगमा नेविसंघका केही नेताहरूविरुद्ध मुद्दा दायर गरिएको थियो । सो मुद्दा सरकारले फिर्ता लिएपछि सोमबार पनि चलाउनेले प्रदर्शन गरेका थिए ।
सोमबार प्रहरीले अदालत परिसरभित्रबाट पक्राउ गरी चलाउनेसहित ६ जनालाई केही घण्टापछि छोडेको थियो ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० ११:४६
प्रतिक्रिया दिनुहोस्