site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनले प्रतिबन्ध लगाएको अमेरिकी कम्पनीले ७८ अर्ब लगानी गर्दै
SkywellSkywell

काठमाडौं । अमेरिकी टेक्नोलोजी कम्पनी माइक्रोनले चीन स्थित आफ्नो प्लान्टमा ७८ अर्ब रुपैयाँ भन्दा बढी लगानी गर्ने भएको छ । गत मे महिनामा चीनले महत्वपूर्ण पूर्वाधारमा यो कम्पनीका चिप प्रयोग गर्न रोक लगाएको थियो

चीनले त्यतिबेला साइबर सुरक्षाको जोखिम रहेको भन्दै देशका सरकारी निकायलाई माइक्रोनले उत्पादन गर्ने चिप प्रयोग नगर्न आदेश दिएको हो । यो कदमलाई अमेरिकाले चिनियाँ कम्पनीहरूमाथि लगाएको प्रतिबन्धको प्रतिक्रियाका रूपमा पनि हेरिएको थियो ।

KFC Island Ad
NIC Asia

तर, चिनियाँ प्रतिबन्धका बावजुद माइक्रोनले त्यहाँ ६० करोड अमेरिकी डलर भन्दा बढी लगानी गर्ने घोषणा गरेको हो ।

माइक्रोन अमेरिकाको सबैभन्दा ठूलो मेमोरी चिप निर्माता हो । कम्पनीले आगामी वर्षमा चीनको मध्य सहर सियानमा अवस्थित आफ्नो प्याकेजिङ प्लान्टमा एसेम्बलिङ लाइन थप्न र उपकरण खरिद गर्ने यो लगानी गर्ने बताएको छ ।

Royal Enfield Island Ad

यसले ५०० रोजगारी सिर्जना गर्ने कम्पनीले चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म विच्याटमा घोषणा गरेको छ । यससँगै चीनमा माइक्रोन कम्पनीमा कुल रोजगारी संख्या चार हजार ५०० पुग्ने छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro