site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
इन्टरनेट सर्चको एकाधिकार अन्त्य गर्न अमेरिकाले गुगललाई क्रोम बेच्न लगाउँदै

काठमाडौं । अमेरिकाको न्याय मन्त्रालयले अनलाइन सर्चमा एकाधिकार अन्त्य गर्न गुगलले क्रोम ब्राउजर बिक्री गर्नुपर्ने बताएको छ । मन्त्रालयले अघि सारेको प्रस्तावमा क्रोम बिक्री गरेको पाँच वर्षसम्म कम्पनीलाई सर्च इन्जिनको मार्केट प्रवेश गर्न रोक लगाउने उल्लेख गरिएको छ ।

अमेरिकाको कोलम्बिया जिल्ला अदालतमा दायर यससम्बन्धी मुद्दा सन् २०२५ मा अघि बढ्ने ठानिएको छ । अदालतका न्यायाधीश अमित मेह्ताले गत अगस्टमा इन्टरनेट सर्चको बजारमा गुगलले अवैध एकाधिकार गरेको फैसला सुनाएका थिए ।

Dabur Nepal
NIC Asia

गुगलले तेस्रो पक्षलाई भुक्तानी गरेर समेत आफ्नो सर्च इन्जिनलाई डिफल्ट अथवा प्राथमिक बनाएको विषय समेत अदालतले हेरेको छ ।

अदालतमा पेस गरिएका कागजातमा गुगलको एन्ड्रोइड र क्रोमले एकाधिकार तोड्न ठूलो चुनौती खडा गरेको उल्लेख छ ।

गुगलले एन्ड्रोइडमा क्रोमलाई प्राथमिकतामा राख्न नछोडेमा एन्ड्रोइड नै बिक्री गर्नुपर्ने सुझाव समेत अदालतले अघि सारेको छ । गुगलले एप्पलका डिभाइसमा क्रोमलाई डिफल्ट ब्राउजर बनाउन गर्ने सम्झौता समेत खारेज गर्नुपर्ने अभियोजकहरूको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro