site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक हजार ४२८ सरकारी कार्यालयमा ई–हाजिरी, ३४५ निकायले प्रयोग गर्छन् जी–क्लाउड
Tiktok banner adTiktok banner ad

काठमाडौं । हालसम्म एक हजार ४२८ सरकारी कार्यालयमा विद्युतीय अथवा ई–हाजिरी प्रणाली सञ्चालनमा आएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रविधि विभागका अनुसार यी कार्यालयमा ई–हाजिरीका लागि एक हजार १९८ मेसिन प्रयोगमा ल्याइएको छ ।

यी कार्यालयका २४ हजार ६०७ कर्मचारीले ई–हाजिरी प्रयोग गरिरहेका छन् ।

विभागका अनुसार हालसम्म ३४५ सरकारी निकायले सरकारी क्लाउड अथवा जी–क्लाउडमा ८६९ मेसिन सञ्चालन गरेका छन् । क्लाउड भनेको सफ्टवेयर, एप जस्ता प्रणाली सञ्चालन गर्नसकिने भर्चुअल स्टोरेज हो ।

गएको आर्थिक वर्ष २०८०/०८१ मा विभागले ६४ वटा सरकारी निकायका ९० वटा वेबसाइट तथा एप्लिकेसनको सूचना प्रविधि प्रणाली सुरक्षा परिक्षण (भीएपीटी) गरेको जनाएको छ ।

विभागले हाल एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली, सरकारी क्लाउड, केन्द्रीकृत ई–हाजिरी, केन्द्रीकृत एसएमएस गेटवे सञ्चालन एवं सरकारी निकायका डिजिटल पूर्वाधारको सुरक्षा अडिट गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro