site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नातावाद, संरक्षणवादले न्यायाधीश नियुक्तिमा प्रभाव पारेको छ : प्रस्तावित प्रधानन्यायाधीश कार्की
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नातावाद, संरक्षणवादले न्यायाधीश नियुक्तिमा प्रभाव पारेको बताएका छन् । अहिले आफूहरूले न्यायाधीश नियुक्तिको निर्देशिका बनाएर काम गरिरहेको पनि उनले बताए ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफमा उनले अब आफूहरू न्यायाधीश नियुक्तिको अन्तिम तयारीमा रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“न्यायाधीश नियुक्त विषयमा भ्रष्टाचार भन्ने शब्दमा – नातावाद, कृपावादले, संरक्षणवादले नियुक्तिमा प्रभावित पारेको छ,” उनले भने ।

सर्वोच्च अदालतमा न्यायाधीश रिक्त हुनुभन्दा एक महिनाअघि नै पदपूर्ति गर्नुपर्ने भए पनि विभिन्न कारणले सम्भव नभएको उनले बताए । त्यसमा राजनीतिक कारण पनि जोडिएको उनको भनाइ छ ।

Global Ime bank

“म समेत गरेर साउनमा सातजना रिक्त हुन्छ । ६ जना नियुक्त गर्ने अवस्थामा छौँ र चाँडो भन्दा चाँडो गर्नुपर्छ,” उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC