site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विश्वकपका निम्ति उत्कृष्ट १५ खेलाडी छान्न कठिन छ : कप्तान रोहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सम्भावना बोकेका धेरै खेलाडी रहेकाले ट्वान्टी–२० विश्वकपका निम्ति अन्तिम १५ जना छान्न चुनौतीपूर्ण हुने बताएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार वेस्ट इन्डिज ‘ए’विरुद्ध कप्तानी इनिङ खेल्दै जित दिलाएपछि पत्रकार सम्मेलनमा रोहितले यस्तो बताएका हुन् ।

सानदार जित : सात तस्बिर

आयरल्यान्डसँगको खेलबाटै सबै खेलाडीमा राम्रो क्षमता देखिएको उनले उल्लेख गरे । सबै खेलाडीमा ‘रिप्लेसमेन्ट’ गर्न सक्ने क्षमता रहेको उनले बताए । त्यसैले ट्वान्टी–२० विश्वकपका निम्ति उत्कृष्ट १५ खेलाडी छान्न चुनौती हुने उनको भनाइ थियो ।

उनले क्षमतावान् खेलाडी धेरै रहेको भन्दै समग्रमा सबैको प्रदर्शन राम्रो रहेको बताए । आउने दिनमा राम्रो प्रदर्शन गर्नेहरूबाट उत्कृष्ट १५ खेलाडी विश्वकपका निम्ति छानिने कप्तान रोहितको विश्वास छ ।

उनले शनिबार शतकीय इनिङ खेल्छु नै भन्ने योजनामा नरहेको सुनाए । आफूले बलमा ध्यान दिँदै सोहीअनुरूप ब्याटिङ गरेको उनले बताए । आज आफ्नो दिन थियो जस्तो लागेको पनि उनले उल्लेख गरे ।

एउटा खेलाडीले राम्रो गर्न सके टिममा आत्मविश्वास बढ्छ भन्नेबारे प्रशिक्षक मोन्टी देसाईसँग छलफल हुने गरेको उनले बताए । आजको आफ्नो इनिङले टिममा आत्मविश्वास बढ्ने उनले आशा व्यक्त गरे ।

“ओमानसँगको खेलबाट निराश थियौँ । त्यहाँबाट अगाडि बढ्न आवश्यक थियो । त्यो खराब दिन सोचेको भए आजको प्रदर्शन सम्भव थिएन । सबैले आ–आफ्नो जिम्मेवारीअनुरूपमा गरेँ,” उनले भने ।

नेपाली टिमका प्रशिक्षक मोन्टी देसाईले ओमान भ्रमणमा आशातित प्रदर्शन गर्न नसकिएको उल्लेख गर्दै त्यसको जिम्मेवारी आफूले लिने बताए । आज रोहितले राम्रो प्रदर्शन गरेको उनले उल्लेख गरे । पछिल्लो १५ महिनामा रोहितले उत्कृष्टमध्ये एक प्रदर्शन गरेको प्रशिक्षकको बुझाइ छ ।

उनले एउटा खेलबाट कोही पनि राम्रो र नराम्रो भन्न नसकिने पनि स्पष्ट पारे । यो खेलले नेपाली टिममा आत्मविश्वास बढाउने उनले आशा व्यक्त गरे ।

वेस्ट इन्डिजका प्रशिक्षक फ्लोयड रेइफरले आफ्नो टिमले आउँदा खेलमा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे । शनिबार आफ्नो टिमले राम्रो सुरुआत गरे पनि त्यसलाई सदुपयोग गर्न नसकेको उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  २०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro