site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मीनभवन जग्गा प्रकरणमा तपाइँकै आफन्तको संलग्नता छ भन्ने उजुरी परेको छ नि ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सवाल–जवाफ जारी छ । उनलाई समिति सदस्यहरूले प्रश्न गरिरहेका छन् । 

समितिमा सांसद् रमेशजंग रायमाझीले सर्वोच्च अदालतको मुद्दा गोला सिस्टमा गएको छ । भन्दै कार्कीलाई प्रश्न गरेका छन् ।  बहालवाला न्यायाधीशले उजुरी दिनुभएको छ,आचारसंहिता लागु हुनु पर्दैन ? उनको अर्को प्रश्न छ । 

मीनभवनमा रहेको मेरो जग्गा खाइदिएको छ । हरिकृष्ण कार्कीका आफन्त पनि यसमा छन् । ८ आना जग्गा खाएर मेरो मुद्दामा १५ दिनमा पेसी चडाएको, किर्ते गरेर मलाई सडकमा पुर्याएको भनेर उजुरी आएको छ, यसमा के हुन्छ ? कार्कीलाई उनले प्रश्न गरे । 
अर्का सांसद जगप्रसाद शर्माले गोला प्रर्था वैज्ञानिक प्रणाली नभएको भन्दै अटोमेसन नै ठिक छ, अटोमेसन लागु गर्न के समस्या भयो ? भन्दै प्रश्न गरेका छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

गणेशलाल अवाले र वहालवाला न्यायाधीशको पनि उजुरी आयो भन्दै यसलाई कसरी हेर्न ? उनको अर्को जिज्ञासा छ । 

संक्रमणकालीन न्याय निरूपणमा केहीमा अदालत आकर्षण भयो, यो क्षेत्राधिकारमा पर्छ ? कार्कीलाई उनको जिज्ञासा छ ।  

Global Ime bank

न्यायाधीशलाई कारबाही गर्न महाअभियोगबाहेक अर्को उपाय छ कि छैन ? कार्कीलाई यो प्रश्न पनि सोधिएको छ । 

सांसद ज्ञानेन्द्र बहादुर कार्कीले ढिला न्याय दिनु भनेको न्याय नदिनु हो, २८ हजारभन्दा बढी मुद्दा फैसला हुन बाँकी छ, यसलाई कसरी समाधान गरेर अघि बढ्ने, तपाईंको के सोच छ ? ८ महिनामा कामु हुँदा के–के गर्नुभयो ? भन्दै प्रश्न गरेका छन् । जिल्ला अदालतको खाका उच्चमा लागु गर्दा के हुन्छ ?, राष्ट्रको महत्वपूर्ण आयोजनाहरूमा मुद्दा पर्छ र स्टेट हुन्छ, यो समस्यालाई कसरी समाधान गर्ने ? उनले जिज्ञासा राखे । 

समितिका अर्का सदस्य डीपी अर्यालले नियुक्तिबाटै भ्रष्टाचार सुरू हुन्छ भन्ने तपाईंले लेख्नुभएको छ, यो तपाईंको नियुक्तपूर्व थियो कि तपाईं पछाडि सुरू भएको हो ? प्रश्न गरे । 

न्यायाधीशहरूका नियुक्ति गलत हो भनेर संसदीय सुनुवाइ प्रकृयामा प्रश्न उठाउनु भएको छ, यो प्रकृया संविधानबाट हटाउजु पर्छ भन्ने बुझाइ तपाईंको हो ? उनको अर्को प्रश्न थियो । 

समिति सदस्य जर्नादन शर्माले सडक निर्माण गर्दा गरिने निर्णयले जनता दुःख पाउँछन् । यस्ता मुद्दा फरक ढंगबाट गर्न सकिन्न ? कतिपय निर्णय सरकारको पक्षमा पनि हुनुपर्ने हुन्छ, तर प्रायः किन यस्तो हुँदैन ? भन्दै प्रश्न गरेका छन् । 
गरिवले न्याय पाउने विधि अहिलेको तरिकाबाट कति सम्भव छ ? न्याय सम्पादनमा यसका लागि फरक ढंगबाट के गर्न सकिन्छ ? भन्ने प्रश्न कार्कीलाई सोधेका छन् । 

समिति सदस्य देवेन्द्र दाहालले कार्कीलाई यति घण्टाभित्र प्रधानमन्त्री बनाउनू भनेर राष्ट्रपतिका नाममा परमादेश जारी भयो । संसद् जिउँदै थियो, संसद्ले नै प्रधानमन्त्री बनाउँथ्यो ।  यस्तो विकृत नजिरलाई कसरी सच्याउनु हुन्छ ? भन्दै प्रश्न गरेका छन् । 

उनैले अर्को प्रश्न गरेका छन्– जग्गा हडपेको, पैसा खाएको, दलीय आवरणमा वरिष्ठ दिएको, अदालमा भ्रष्टचार नरोकिएको, घुस नखाइ पेसी नतोकिएको, संवैधानिक इजलास योजनावद्ध रूपमा बस्न नदिएकोलगायत उजुरी परेको छ । यसलाई कसरी लिनुभएको छ ?

कार्कीलाई समिति सदस्य पदम गिरीले न्याय क्षेत्रको सबै समस्या थाहा छ । उच्चस्तरीय न्यायलय समिति तपाईंको नेतृत्वमा बन्यो । तपाईं कामु हुँदा ८ महिनामा  समितिको सुझावमा कति कायम गर्नुभयो ? प्रधानन्यायाधीश बनेपछि न्यायालय सुधार गर्ने के संकल्प छ ? भन्दै प्रश्न गरेका छन् । 

समितिको बैठकमा उपस्थित भएका कार्कीलाई आज  समिति सदस्यहरूले जिज्ञासा राख्ने कार्यसूची छ ।  

सुनुवाइबाट अनुमोदन भए उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् । कार्की अहिले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् । 

बिहीबारको बैठकमा उनले आफ्नो भनाइसहित २० पृष्ठ लामो ‘न्यायालय सुधार कार्ययोजना’ प्रस्तुत गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC