खेल
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको दोस्रो ट्वान्टी–२० खेलमा नेपालका ओपनर लोकेश बम ‘रिटायर्ड हर्ट’ भएका छन् ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले दिएको १६१ रनका लक्ष्य पछ्याइरहेको नेपालले चौथो ओभर ब्याटिङ गरिरहँदा लोकेश घाइते भएका हुन् ।
चौथो ओभरको पहिलो बल खेल्ने क्रममा लोकेश खुट्टाको चोटको कारण मैदानमा लडेपछि उनलाई स्टेचरमा मैदानबाट बाहिर लगिएको हो ।
जारी खेलको चार ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर २१ रन बनाएको छ । नेपालले ओपनर कुशल भुर्तेललाई व्यक्तिगत दुई रनमा गुमाएको हो ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६० रन बनाएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१ १४:२५
प्रतिक्रिया दिनुहोस्