site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इलाम–२ मा यसरी गरिँदै छ मतगणना (तस्बिरहरू)

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा मतगणना थालिएको छ । उपनिर्वाचनअन्तर्गत यहाँ शनिबार बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान भएको थियो ।

आइतबार अपराह्नदेखि फाकफोकथुम गाउँपालिकाबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना गरिँदै छ । सिटी हलमा दुई स्थानमा मतगणना भइरहेको सो कार्यालयले जनाएको छ ।

मतगणनास्थलमा तारजाली लगाइएको छ । सीसी क्यामेरा समेत जडान गरिएको छ ।

यहाँ ५८ प्रतिशत मत खसेको थियो । यो क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बू, स्वतन्त्र डकेन्द्रसिंह लिम्बू थेगिमलगायत १९ उमेदवार प्रतिस्पर्धामा छन् ।

थप तस्बिर हेर्नोस्–

i7-1714289268.jpg

i8-1714289268.jpg

i3-1714289267.jpg

i4-1714289267.jpg

i5-1714289267.jpg

i6-1714289267.jpg

i1-1714289266.jpg

i2-1714289266.jpg

 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro