site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बझाङमा दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय

काठमाडौं । बझाङ क्षेत्र नम्बर–१ ‘क’ मा आज दिउँसो १ बजेदेखि मतगणना सुरु गरिने भएको छ । सर्वपक्षीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको जिल्ला निर्वाचन अधिकृत मनबहादुर धामीले बाह्रखरीलाई जानकारी दिए ।

छबिसपाथिभेरा गाउँपालिकाबाट मतगणना थालिने उनले बताए । दुई स्थानमा मतगणना गरिने उनले जानकारी दिए । सदरमुकाम चैनपुरस्थित बझाङ जिल्ला अदालतमा मतगणना गरिँदै छ ।

उपनिर्वाचनअन्तर्गत शनिबार भएको मतदानका केही मतपेटिका आज बिहान मात्र जिल्ला सदरमुकाममा ल्याइएको थियो । बझाङ–१ ‘क’मा ६१ हजार ७४८ मतदाता रहेकामा करिब ५० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

सो क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढा, नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहसहित ११ उमेदवार प्रतिस्पर्धामा छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro