site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बझाङमा थालियो मतगणना
फाइल तस्बिर ।

काठमाडौं । बझाङ क्षेत्र नम्बर–१ ‘क’मा मतगणना सुरु गरिएको छ । सदरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा आइतबार निर्धारित समयभन्दा झन्डै एक घण्टापछि मतगणना थालिएको हो ।

छबिसपाथिभेरा गाउँपालिकाबाट मतगणना सुरु गरिएको छ । दुई स्थानमा मतगणना गरिएको जिल्ला निर्वाचन अधिकृत मानबहादुर धामीले जानकारी दिए ।

बझाङ–१ ‘क’मा ६१ हजार ७४८ मतदाता रहेकामा करिब ५० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

सो क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढा, नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहसहित ११ उमेदवार प्रतिस्पर्धामा छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro