site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालले गुमायो दोस्रो विकेट, ‘रिटायर्ड हर्ट’ भएका लोकेश पुनः मैदानमा
अनिल साह । फाइल तस्बिर ।

काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्धको दोस्रो ट्वान्टी–२० खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले दिएको १६१ रनका लक्ष्य पछ्याइरहेको नेपालले पाँचौँ ओभरमा दोस्रो विकेट गुमाएको हो । खेलको ४.४ ओभरमा नेपालका अनिल साह एक रन थप्दै आउट भए ।

नेपालबाट हाल चौथो नम्बरमा ब्याटिङका निम्ति ओपनर लोकेश बम पुनः मैदानमा प्रवेश गरेका छन् । खेलको चौथो ओभरमा ब्याटिङ गरिरहँदा घाइते भएपछि ‘रिटायर्ड हर्ट’ भएका लोकेश पुनः मैदानमा प्रवेश गरेका हुन् ।

चौथो ओभरको पहिलो बल खेल्ने क्रममा लोकेश खुट्टाको चोटका कारण मैदानमा लडेपछि स्टेचरमा राखेर उनलाई मैदानबाट बाहिर लगिएको थियो ।

जारी खेलको पाँच ओभर सकिँदा नेपालले दुई विकेट गुमाएर २३ रन बनाएको छ । 

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६० रन बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro