site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सेनाले सगरमाथासहितका हिमालबाट निकाल्यो ३५ हजार किलो फोहोर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली सेनाले वर्ष सन् २०२३ मा विभिन्न हिमालबाट करिब ३५ हजार किलो फोहोर संकलन गरेको छ । सेनाको टोलीले सगरमाथा, अन्नपूर्ण, ल्होत्से र बरूणत्से हिमालबाट ३५ हजार ७०८ किलो फोहोर संकलन गरेको हो ।

सोमबार विश्व वातावरण दिवसका अवसरमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सेनाले हिमाल सफा राख्ने यो अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले हिमाल सफा राख्नु मानिसको जिम्मेवारी भएको एवं आउँदा पुस्ताका लागि पनि हिमाल सफा राख्न आवश्यक रहेको बताए ।

सरकारी निकाय, कोकाकोला र अन्य विभिन्न कम्पनी एवं संघसंस्था र व्यक्तिको सहयोगमा सेनाले सफा हिमाल अभियान सुरु गरेको थियो ।

Global Ime bank

कार्यक्रममा कोकाकोलाको भारत र दक्षिणपश्चिम एसियाका लागि सार्वजनिक मामिला, सञ्चार र दिगोपनकी उपाध्यक्ष देवयानी राणाले यो विशेष अभियानमा सहयोग गर्न पाएकोमा कम्पनीका तर्फबाट खुसी व्यक्त गरिन् ।

यस्तै, पर्वतारोही माया गुरुङले नेपालका हिमालहरु सफा राख्न जरुरी भएको बताइन् । हिमाल चढ्दा बाटोभन्दा अलि पर जाने हो भने दिसा र फोहोर भेटिने भन्दै फोहोर रोक्न नीतिगत रुपमै जानुपर्ने उनको भनाइ छ ।

पर्वतारोही एवं फोटोपत्रकार पूर्णिमा श्रेष्ठले हिमाल हाम्रो घर जस्तै भएको बताउँदै घर फोहोर हुँदा रिस उठेझैं हिमाल फोहोर हुँदा पनि त्यस्तै हुने बताइन् । उनले वैश्विक तापमान वृद्धिले समेत हिमालमाथि संकट निम्त्याउने स्थिति देखिएका बेला सरकारले यी क्षेत्रमा पहल गर्नु पर्ने बताइन् ।

नेपाली सेनाको टोलीले सन् २०२१ र ०२२ मा विभिन्न हिमालबाट २७.६ टन फोहोर संकलन गरेको थियो । अभियानको पहिलो वर्षमा सेनाले १० टन फोहोर संकलन गरेको थियो । यस वर्षको फोहोर संकलनपश्चात सेनाले प्रशोधनका लागि सम्बन्धित संघसंस्थाहरुलाई पठाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC