site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘अक्षरको आयतन’ माथि एक दृष्टि
Sarbottam CementSarbottam Cement

पछिल्लो समय काव्यकारितामा देखिएकी छन्, सुषमा आचार्य ‘अंशु’ । यसअघि नै उनका कविता, गीत, मुक्तकलगायत रचना र संयुक्त कविताकृति पाठकसामु आइसकेको छ । उनको एकल कविताकृतिका रूपमा आएको छ, ‘अक्षरको आयतन’ ।

यस कवितासंग्रहभित्र कुल ३६ कविता अटाएका छन् । उनको कवितामा समयचेत सबैभन्दा प्रवल भएर आएको देखिन्छ । साथै, मानवीय संवेदना, प्राकृतिक सौन्दर्य, प्रेम अनुभूति र वर्तमान सन्त्रासले मनग्य ठाउँ पाएको छ ।

कविता कि मनबाट जन्मिन्छ कि मस्तिष्कबाट भन्ने आमबुझाइ छ । यसरी हेर्दा सुषमाका प्रायः सबै कविताको स्रोत भने मन नै हो भन्न सकिन्छ । मनमा झरनाझैँ झरेका शब्दलाई उनेर कविताका रूपमा पाठकका अघिल्तिर प्रस्तुत गर्न उनी सक्षम देखिन्छिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अधिकतर कवितामा म पात्र भएर उभिएकी कविले जीवन भोगाइका क्रममा सामना गर्नुपरेका असंख्य अप्ठ्याराहरूका बीचमा पनि सुमधुर जीवनसंगीत प्रस्तुत गर्न सकिने सत्यलाई उजागर गरेकी छन् । त्यसो त जीवन आफैँमा एउटा प्रयोगशाला हो । धेरै किसिमका उतारचढाव पार गरेपछि मात्र यसले एउटा निश्चित लय समाउँछ । यो सत्यलाई उनका कविताले धेरै ठाउँमा दृश्यांकन गरेको छ ।

समयचेत कविताको अर्को कडी हो । यसलाई महसुस गर्न नसके वर्तमान अवस्था काव्यमा प्रस्तुत गर्न सकिँदैन । भनिन्छ– शासक र तानासाहहरूको इतिहास लेखिन्छ । जहाँ झुटका पुलिन्दा तयार गरेर उनीहरूलाई महान् रूपमा प्रस्तुत गरिन्छ । तर, वास्तविक इतिहास त साहित्यमा हुन्छ । यदि, हामी तत्कालीन समयको स्वरूप नियाल्न चाहन्छाैँ भने त्यसबखतको साहित्य नै सबैभन्दा उपयोगीसिद्ध हुन्छ ।

Global Ime bank

सुषमाका कवितामा समयचेत प्रस्ट देखिएको छ । त्यसैले त ‘रूख : म एक मुकदर्शक’ जस्ता कविता जन्मिएका छन् । विभेदका असंख्य प्रहारबाट अहिले पनि आक्रान्त छ समाज । विभेदको यो सामाजिक मनोविज्ञानलाई उजागर गर्न ‘म छोरी’ शीर्षकको कविता पर्याप्त छ ।

माया, प्रेम, सामाजिक बन्धनलगायत अन्य विषयहरू उनका कवितामा सरल किसिमबाट प्रस्तुत गरिएको छ । यस संग्रहका कतिपय कविता शक्तिशाली छन् । कवितामा अनुभूतिका निजात्मक अभिव्यक्ति पाइन्छ । कविताका शीर्षक चयनमा पनि सुषमा सफल देखिन्छिन् ।

तथापि, संग्रहभित्रका कतिपय कविता दुर्वल छन् । तिनमा सुधार गर्न सकिने ठाउँ प्रशस्त देखिन्छन् । लेखकले अलिक हतारमा पुस्तक प्रकाशनमा ल्याएको हो कि भन्ने कताकता लाग्न सक्छ ।

पहिलो कविताकृतिमा केही ढुंगा–कंकड लाग्नु अस्वाभाविक होइन । आगामी दिनमा उनका अरू थुप्रै कृतिहरू नेपाली साहित्यको फाँटमा अवश्य आउनेछ । त्यसबखत अझ सचेत भएर आफ्ना कृति पाठकसामु ल्याउनेछिन् भन्ने अपेक्षा गर्न सकिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  ०६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC