site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेको बहुमतको सरकार निर्माण भए मात्रै मुलुकको विकास हुन्छ : ईश्वर पोखरेल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भए मात्रै मुलुक विकासको अभियानले तीब्रता पाउने बताएका छन् । धनुषाको विदेह नगरपालिकामा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । 

उनले एमालेको नेतृत्वमा बहुमतको सरकार नहुँदा चाहे अनुरुप काम गर्न कठिनाइ भइरहेकाले २०८४ मा एमालेलाई सबैभन्दा ठूलो दलको रुपमा जिताउन आग्रह गरे । एमालेले बहुमत ल्याउनका लागि कार्यकर्ताहरूले अहिलेदेखि नै खट्नु आवश्यक रहेको बताए । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने र यसका लागि एमाले लागि परेको बताए । एमालेले कृषि र सिँचाइमा बढी जोड दिएर काम गरिरहेको पनि बताए ।

उनले भने, "एमाले सम्पूर्ण नेपालीको पार्टी हो, एमाले मधेसी पहाडी वा हिन्दु मुस्लिमको पार्टी होइन, नेपालमा बसोवास गर्ने सबै नेपालीको पार्टी हो । त्यसैले एमालेमाथि चौतर्फी आक्रमण हुँदा समेत यहाँका मधेसी जनतालगायत सम्पूर्ण नेपालीले बचाए र हामीले त्यो षड्यन्त्रलाई विफल पार्न सफल भयौँ ।"

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro