site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काभा महिला भलिबल च्याम्पियनसिप : भारत सेमिफाइनलनजिक 

काठमाडौं । समूह ‘ए’बाट लगातार दोस्रो जित निकालेको भारत सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ को सेमिफाइनलनजिक पुगेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भारतले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हरायो । योसँगै भारतले समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनल प्रवेश गर्ने सम्भावनलाई बलियो बनाएको हो ।

भारतले पहिलो सेटमा कीर्गिस्तानको चुनौती झेलेको थियो । भारतले पहिले सेट २५–१७ ले जितेको थियो । त्यसपछिका दुई सेटमा भने २५–८ र २५–८ ले जित्दै भारत सेमिफाइनलको संघारमा पुगेको हो । भारतले पहिलो खेलमा बंगलादेशलाई पनि ३–० को सोझो सेटमा हराएको थियो ।

यो समूहमा भारत र कीर्गिस्तानसँगै नेपाल र बंगलादेश पनि छन् । आजै दिउँसो ३ बजेदेखि सुरु हुने खेलमा बंगलादेशलाई हराउन सके नेपालसँगै भारतले पनि समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनल यात्रा तय गर्नेछ ।

प्रतियोगितामा कुल आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘बी’मा श्रीलंका, उज्वेकिस्तान, माल्दिभ्स र काजखस्तान छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिमले सेमिफाइनलको यात्रा तय गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro