site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कमजोर बंगलादेशविरुद्ध नेपालका चार खेलाडीले ‘डेब्यु’ गर्ने सम्भावना
नेपाल र कीर्गिस्तानबीच सोमबार भएको खेलका क्रममा नेपाली खेलाडी ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली महिला भलिबल टिमले काभा महिला भलिबल च्यालेन्ज कपमा आज तुलनात्मक रूपमा कमजोर बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपालले सोमबार कीर्गिस्तानलाई ३–० सोझो सेटमा हराउँदै प्रतियोगितामा सानदार सुरुआत गरेको थियो ।

नेपालले आजको खेल जिते सेमिफाइनलमा स्थान पक्का गर्नेछ । बंगलादेश पहिलो खेलमा भारतसँग ३–० को सेटमा पराजित भएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपालबाट हिजो मिडल ब्लकर संगम महतो र स्पाइकर रिमा कुँवरले ‘डेब्यु’ गरेका थिए । नेपालको टिममा ६ नयाँ अनुहार छन् । बंगलादेश कमजोर भएका कारण आजको खेलमा बाँकी खेलाडीले पनि डेब्यु गर्ने सम्भावना प्रबल छ ।

आज स्पाइकर पूजा चौधरी, मिडल ब्लकर कविता भट्ट, सेटर प्रगति नाथ र लिबेरो शान्तिकता तामाङले डेब्यु गर्ने सम्भावना प्रबल छ ।

Royal Enfield Island Ad

नेपाल र बंगलादेशबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा दिउँसो ३ बजेदेखि हुनेछ । त्यसअघि, आजै भारतले कीर्गिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, समूह ‘बी’मा आज श्रीलंकाले काजखस्तान र उज्वेकिस्तानले माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

आजका खेल 
१. कीर्तिस्तानविरुद्ध भारत – १०ः०० बजे
२. श्रीलंकाविरुद्ध काजखस्तान – १२ः३० बजे
३. नेपालविरुद्ध बंगलादेश – ३ः०० बजे
४. उज्वेकिस्तानविरुद्ध माल्दिभ्स – ६ः०० बजे

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro