site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिमाल आरोहीबाट उठ्यो साढे ७६ करोड रोयल्टी, सगरमाथा चढ्नेको संख्या इतिहासमै धेरै

काठमाडौं । नेपालमा वसन्तकालीन सिजनमा हिमाल आरोहणका लागि एकहजार १७६ जनाले अनुमति लिएका छन् । जसमध्ये २७७ जना महिला र ८९९ जना पुरुष रहेका छन् ।

पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि ८० देशका नागरिक नेपाल आएका छन् । तीमध्ये सबैभन्दा धेरै अमेरिकाका १४१ जनाले अनुमति लिएका छन् ।

दोस्रोमा चिनीयाँ आरोही छन् । वसन्तकालीन सिजनमा हिमाल आरोहण गर्न ११९ चिनियाँ आरोहीले अनुमति लिएको विभागले जनाएको छ ।

विभागका अनुसार उनीहरूबाट ७६ करोड ५७ लाख ५८ हजार रुपैयाँ रोयल्टी उठेको छ ।

कुन हिमालबाट कति रोयल्टी उठ्यो ?

वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि अनुमति लिने आरोही धेरै छन् । यस सिजनमा सगरमाथा आरोहण गर्न ४७८ जना आरोहीले अनुमित लिएका छन् । उनीहरूबाट ६६ करोड ६४ लाख २० हजार ६६९ रुपैयाँ रोयल्टी संकलन भएको छ ।

सगरमाथापछि धेरैले ल्होत्से हिमाल आरोहण गरेका छन् । ल्होत्से आरोहण गर्न १५६ आराहीले अनुमति लिएका छन् । उनीहरूबाट तीन करोड ५३ लाख ८९ हजार ६३० रुपैयाँ रोयल्टी संकलन भएको छ ।

दुईजनाले सुर्मा सरोवर नर्थ आरोहण गरेका छन् । उनीहरूबाट एक लाख ५ हजार ३२० रुपैयाँ रोयल्टी उठेको छ । अन्नपूर्ण हिमाल आरोहण गरेका ५४ जना आरोहीबाट एक करोड ४ लाख २६ हजार ४१० रुपैयाँ रोयल्टी उठेको छ ।

पंग्री गोल्डुम्बा हिमाल आरोहण गरेका ६ जना आरोहीबाट तीन लाख १६ हजार ४४० रुपैयाँ, नुत्से आरोहण गरेका ६३ जना आरोहीबाट ४९ लाख ५६ हजार १८० रुपैयाँ रोल्यटी संकलन भएको विभागले जानकारी दिएको छ ।

मनास्लु हिमालमा आरोहण गरेका १५ जना आरोहीबाट ३५ लाख ४३ हजार ८४० रुपैयाँ, थोरोङ पिकमा आरोहण गरेका ४२ जना आरोहीबाट १३ लाख ७५ हजार ३८९ रुपैयाँ, बरुण टीएसई आरोहण गरेका गरेका १८ आरोहीबाट ५ लाख ८९ हजार २७५ रुपैयाँ रोयल्टी संकलन भएको छ ।

हिमलुङ हिमाल आरोहण गरेका ४१ जना आरोहीबाट १२ लाख ५८ हजार ४७५ रुपैयाँ, गन्चेम्पो हिमाल आरोहण गरेका ९ जना आरोहीबाट दुई लाख ९४ हजार ६५० रुपैयाँ, धौलागिरि आरोहण गरेका ३७ जना आरोहीबाट ८६ लाख २४ हजार ३३० रुपैयाँ रोयल्टी उठेको पर्यटन विभागले जानकारी दिएको छ ।

यसैगरी, थापा पिक (धाम्पुस) आरोहण गरेका ८ जना आरोहीबाट दुईलाख ६३ हजार ५० रुपैयाँ, जार्के पिक आरोहण गरेका ८ जना आरोहीबाट दुईहजार ६२ लाख ८०० रुपैयाँ, आमा दब्लाम आरोहण गरेका ७९ जना आरोहीबाट ४१ लाख ३९ हजार ६२० रुपैयाँ, मकालु आरोहण गरेका ६३ जना आरोहीबाट एक करोड ४८ लाख ४८ हजार ९२० रोयल्टी संकलन भएको छ ।

अरनिको चुली आरोहण गरेका ९ जना आरोहीबाट दुईलाख ९५ हजार ९८७ रुपैयाँ, खटुङखाङ आरोहण गरेका सातजना आरोहीबाट दुईलाख २९ हजार ४२५ रुपैयाँ, टुत्से (पिक ६) आरोही गरेका दुईजना आरोहीबाट एक लाख ४ हजार ६०० रुपैयाँ, पुमोरी आरोहण गरेका १२ जना ७ लाख ८६ हजार ९०० रुपैयाँ, कञ्चनजंगा आरोहण गरेका ४४ जना आरोहीबाट एक करोड ३ लाख ६९ हजार ८० रुपैयाँ, काब्रु आरोहण गरेका चार आरोहीबाट दुईलाख ६१ हजार ९०९ रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।

यस्तै, तेन्गी रागी टाउ आरोहण गरेका दुईजना आरोहीबाट एकलाख ४ हजार ५६० रुपैयाँ, रत्न चुली आरोहण गरेका ६ जना आरोहीबाट तीन लाख ९२ हजार २५० रुपैयाँ, चाङ्वाथाङ आरोहण गरेका ३ जना आरोहीबाट ९७ हजार ८०० रुपैयाँ, चन्डी हिमाल आरोहण गरेका ३ जना आरोहीबाट ९७ हजार ८०० रुपैयाँ, होङ्गु (सुरा पिक) आरोहण गरेका २ जना आरोहीबाट एक लाख ४ हजार ४८० रुपैयाँ र भृकुटी आरोहण गरेका तीनजना आरोहीबाट ९८ हजार २१२ रुपैयाँ रोयल्टी संकलन भएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro