site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शुक्लाफाँटा आरक्षपीडितको समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कञ्चनपुरको शुक्लाफाँटा आरक्षपीडितको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । 

सोमबार बिहान बालुवाटारमा कञ्चनपुरका जनप्रतिनिधिसहित आरक्षपीडितहरुसँगको भेटमा प्रधानमन्त्रीले जग्गा र क्षतिपूर्ति दिएर यथाशक्य चाँडो पुनःस्थापनाका लागि प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री भेट्न परराष्ट्रमन्त्री तथा कञ्चनपुर–२ बाट निर्वाचित सांसद एनपी साउदको नेतृत्वमा सांसदहरु तारा लामा तामाङ, प्रदेश सांसद ओमविक्रम भाट र आरक्षपीडित संघर्ष समितिका पदाधिकारी तथा पीडितहरु बालुवाटार पुगेका थिए ।

पीडितका तर्फबाट संघर्ष समितिका सचिव प्रेमदत्त भट्टले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए । पीडितको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने, “अहिले देशमा आर्थिक मन्दी छ । पुनःस्थापनाका लागि पैसा दिन सकिने अवस्था छैन । आर्थिक मन्दी लागेको बेला जग्गा खोजेर दिनु उपयुक्त हुन्छ । कति दिने, कसरी दिने भन्ने मोडालिटी गठबन्धनका नेताहरु बसेर छलफल गरेर टुंग्याउँछौँ । यो समस्याको समाधान हुन्छ, ढुक्क हुनुस् ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro