site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कञ्चनपुरका सांसदसँग आरक्षपीडितले भने– हाम्रो समस्याबारे सदनमा आवाज उठाइदिनुस्

काठमाडौं । कञ्चनपुरका आरक्षपीडितले सांसदहरुसँग भेट गरेका छन् । बिहीबार संसद् भवन पुगेर आरक्षपीडितको टोलीले सांसदहरु भेटेर समस्या समाधानका लागि आवाज उठाइदिन ध्यानाकर्षण गराएको हो ।

तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा २०५८ सालमा विस्थापित भएका पीडितको अझै पुनःस्थापना भएको छैन । राज्यले ३२ वटा आयोग बनाउँदा पनि पीडितले क्षतिपूर्ति तथा मुआब्जा पाएका छैनन् ।

राज्यको ध्यानाकर्षण गराउन अध्यक्ष कर्णबहादुर चन्दको नेतृत्वमा १० सदस्यीय आरक्षपीडित संघर्ष समितिको टोली बुधबार काठमाडौं आएको थियो । टोलीले बिहीबार कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद एवं प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले)का सांसद तारा लामा तामाङसँग भेट गरेको छ । 

Dabur Nepal
NIC Asia

सचिव प्रेमदत्त भट्टका अनुसार उनीहरुले समस्या समाधानका लागि सदनमा आवाज उठाउने र सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

सांसद लेखकले एक दुई दिनमा वनमन्त्री पनि नियुक्त हुन लागेको भन्दै समस्या समाधान गरेर जानुबाहेक अरु विकल्प नभएको बताए । कञ्चनपुरका सबै सांसद मिलेर यो विषयलाई निष्कर्षमा पुर्‍याउन आफू तयार रहेको उनको भनाइ थियो ।

No description available. 

“तपाईँको पीडा थाहा छ । समाधान गर्न कोसिस गर्छाैँ । एक दुई दिनमा मन्त्री बन्छ । त्यसपछि हामी तीनैजना सांसद तपाईँहरुसहित मन्त्रीसँग बसेर कुरा गरौँला,” उनले भने । तामाङले पनि यो विषयलाई सदनमा जोडदार रुपमा उठाउने बताए ।

पीडितहरुले नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटासँग पनि भेट गरेका छन् । सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गराएर समस्या समाधानको लागि प्रयास गर्ने प्रतिबद्धता जनाएको संघर्ष समितिका सचिव भट्टले जानकारी दिए ।

पीडितहरुले अब आयोग बनाउनेभन्दा पनि समस्या समाधान गरेर सदाका लागि टुंग्याउन माग गरेका थिए । अध्यक्ष चन्दले पीडितले जग्गा नै चाहेको र प्रतिपरिवार १० कट्टा जग्गा दिनुपर्ने अघिल्लो आयोगको सिफारिस कार्यान्वयन हुनुपर्ने माग गरे । जग्गा दिन नसके प्रतिपरिवार ६० लाख दिने सिफारिस गरिएको र त्यसलाई कार्यान्वयनमा लानुपर्ने उनीहरुले माग राखेका थिए ।

पीडितहरुले शुक्रबार परराष्ट्रमन्त्री तथा कञ्चनपुर–२ का सांसद एनपी साउद, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, एमाले सचेतक महेश बर्ताैला, राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीसँग भेट्ने कार्यक्रम छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro