site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सीमित व्यक्ति/समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत उपयोग गर्दा अर्थतन्त्रमा समस्या : प्रधानमन्त्री 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत–साधनको उपयोग गर्दा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उपलब्ध स्रोत–साधन अनुत्पादक र कम उत्पादक क्षेत्रमा केन्द्रित हुँदा पनि अर्थतन्त्रमा समस्या देखिएको उनले उल्लेख गरे । बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा उत्पादन र रोजगारीमा परेको प्रभाव अत्यन्त न्यून देखिएको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“बैंकिङ क्षेत्रको विकास र विस्तारबाट देशमा वित्तिय पहुँच बढेको छ । कर्जा लगानीमा भएको वृद्धिबाट हरेक क्षेत्रमा आर्थिक क्रियाकलाप बढाउन मद्दत पनि पुगेको छ । तर, बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा मुलुकभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव भने अत्यन्त न्यून देखिन्छ । त्यसैगरी, सीमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत–साधनको उपयोग गर्ने, उपलब्ध स्रोत–साधन प्रत्यक्ष/अप्रत्यक्ष रूपमा अनुत्पादक वा कम उत्पादक क्षेत्रमा केन्द्रित हुनेजस्ता समस्या पनि यसबीचमा राम्रैसँग देखिएका छन्,” उनले भने, “अहिले अर्थतन्त्रमा समस्या देखिनुमा यस्तै अनपेक्षित क्रियाकलाप पनि धेरै हदसम्म जिम्मेवार रहेका छन् । यस्तो प्रवृत्तिलाई रोक्न केन्द्रीय बैंक तथा बैंकिङ क्षेत्रले समयमै उचित कदम चाल्नु आवश्यक छ । हाम्रो अर्थतन्त्रले आन्तरिक र बाह्य कारणले सिर्जना भएका चुनौतीको उच्चतम विन्दु पार गरिसकेको छ । आगामी परिदृश्य राम्रो रहेको छ । पर्यटन प्रवर्द्धनमा गरिएको लगानी र कोभिड महामारीपछि विश्वभर पर्यटन क्षेत्रमा बढेको चहलपहलबाट आगामी शरद ऋतुमा नेपालको पर्यटन क्षेत्र कोभिड महामारीपूर्वकै अवस्थामा फर्कने प्रस्ट संकेत देखिएको छ ।”

प्रधानमन्त्री प्रचण्डले उत्पादन र रोजगारी वृद्धितर्फ देशले प्रगति हासिल गर्न नसकेको बताए । दैनिक उपभोग्य वस्तु ठूलो मात्रामा आयात गर्नुपरेकाले व्यापार घाटा चुलिँदै गएको उनले उल्लेख गरे ।

Global Ime bank

सरकारको नीति, योजना र कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन नसक्दा यस्तो भएको उनको भनाइ छ ।

किसानले बेलैमा मल पाउने गरी आपूर्ति सुनिश्चित गरिएको उनले बताए । भ्रष्टाचारविरुद्ध सरकार गम्भीर रूपले लागेको पनि उनले सुनाए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय