
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँंचाइमन्त्री दीपक खड्काले बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’को निर्णय सच्चिने बताएका छन् । नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १३औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै मन्त्री खड्काले बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्थालाई सच्याउनका लागि ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको बताए ।
“छोटो समयमा ६४ खर्ब लगानी गरेर ठूलो लक्ष्य हाँसिल गर्दैैगर्दा लाखौँ व्यक्तिले रोजगार पाउनुका साथै राज्यलाई खबौँ राजस्व आम्दानी हुने र अन्य क्षेत्र समेत चलायमान हुन्छ,” मन्त्री खड्काले भने ।
मन्त्री खड्काले कर्मचारीले आफ्नो हकहितलाई ख्याल गर्दैगर्दा कर्तव्यलाई बिर्सन नहुने उल्लेख गरे ।
मन्त्री खड्काले विद्युत् ऐन चाँडो संसद्बाट पास हुने चरणमा रहेको बताउँदै मुलुकको आवश्यकतालाई हेरेर सरकारले आफ्ना निकायलाई परिस्कृत गर्दै लैजाने बताए । प्राधिकरणलाई ‘अन्डरवन्डलिङ’ गरे कर्मचारीलाई पनि फाइदा हुने उनको भनाइ थियो ।