site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दाजुभाइ सम्पत्ति विवाद : बुद्ध एयरले भन्यो– शिवेन्द्रसँग कुनै सम्बन्ध छैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । बुद्ध एयरले शिवेन्द्र बहादुर बस्नेतसँग सम्बन्ध नरहेको बताएको छ । शिवेन्द्रले बुधबार पत्रकार सम्मेलन गरेर ४० प्रतिशतको हकमा माग दाबी गरेपछि बुद्ध एयरले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो प्रतिक्रिया दिएको हो ।

शिवेन्द्र बुद्ध एयरबाट २०५६ सालमा अलग भएको कम्पनीले जनाएको छ ।

बुद्ध एयर प्रालिमा संस्थापक सेयरधनीको रुपमा स्व.सुरेन्द्र बहादुर बस्नेत र उनका जेठो छोरा तथा अहिलेका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेत भएको कम्पनीमा पछि सुरेन्द्रका कान्छो छोरा शिवेन्द्र बहादुर बस्नेतले आफ्नो नाममा १४ प्रतिशत सेयर प्राप्त गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

शिवेन्द्रले उक्त सेयर २०५६ सालमा बिक्री गरेर बुद्ध एयरबाट अलग भएको बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । शिवेन्द्रले १४ प्रतिशत सेयर बेचेपछि सुरेन्द्रको नाममा ८० प्रतिशत र वीरेन्द्रको नाममा २० प्रतिशत सेयर रहेको कम्पनीले जनाएको छ । 

बुद्ध एयरको तत्कालीन कार्यकारी अध्यक्ष सुरेन्द्र बहादुर बस्नेत हुन् । सुरेन्द्रको निधन भएपछि उनको नाममा रहेको ८० प्रतिशत सेयरमध्ये ४० प्रतिशत सेयर जेठा छोरा वीरेन्द्र बहादुर बस्नेत नाममा र बाँकी ४० प्रतिशत सेयर शिवेन्द्रको परिवारको नाममा रहेको कम्पनीले जनाएको छ ।

Global Ime bank

कम्पनी ऐन २०६३ अनुसार २०७९ चैत १५ गतेको लागि कागजात तथा अभिलेख निरीक्षण गर्न तथा आर्थिक विवरण लिनको लागि पत्राचार गर्दा समेत ३५ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने शिवेन्द्रको परिवारका अर्चना बस्नेत, शिवानी बस्नेत र आदर्श बहादुर बस्नेत उपस्थित नभएका बुद्ध एयरले उल्लेख गरेको छ ।

२०७९ चैत २४ गते शिवेन्द्रले आफूसँग दुईजना कानुन व्यवसायी तथा एकजना लेखापरीक्षकसँग कम्पनीको रजिष्टर्ड कार्यालयभित्र प्रवेश गरेर काल्पनिक आरोप लगाई झुटा, बनाबटी कुराहरु सुनाएर कम्पनी खारेजीको माग गरेको बुद्ध एयरले जनाएको छ ।

उक्त दिन शिवेन्द्रले समानान्तर दुईवटा व्यवस्थापन सञ्चालन गर्ने, नभए कम्पनीलाई ‘लिक्युडेसन’मा लगी ४० प्रतिशत सेयरबराबरको सम्पत्ति लिएर छुट्टै वायुसेवा कम्पनी सञ्चालन गर्ने मागहरु राखेको ‘अडियो’ कम्पनीसँग सुरक्षित रहेको बुद्ध एयरले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

बुद्ध एयरको प्रेस विज्ञप्ति ११ मे २०२३

बुद्ध एयरबारे हिजो प्रकाशित समाचार तथा प्रेस विज्ञप्तिप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।

बुद्ध एयर प्रा.लि.मा संस्थापक शेयरधनीको रुपमा स्व.सुरेन्द्र बहादुर बस्नेत र वीरेन्द्र बहादुर बस्नेत भई सञ्चालन भएको कम्पनीमा पछिबाट शिवेन्द्र बहादुर बस्नेतले प्राप्त गरेका १४ प्रतिशत शेयर निजले २०५६ सालमा बिक्री गरी बुद्ध एयरबाट अलग भई प्रतिष्पर्धी ‘माउन्टेन एयर प्रा.लि.’ खोलेका थिए ।

साविकमा यस बुद्ध एयर प्रा.लि.को कार्यकारी अध्यक्ष स्व.सुरेन्द्र बहादुर बस्नेतज्यूको नाउँमा रहेको ८० प्रतिशत शेय मध्ये ४० प्रतिशत शेयर वीरेन्द्र बहादुर बस्नेत समेत तर्फ र बाँकी ४० प्रतिशत शेयर अर्चना बस्नेत, शिवानी बस्नेत, देव्यानी बस्नेत र पछिबाट आदर्श बहादुर बस्नेत समेतको नाउँमा हुने गरि स्व. श्री सुरेन्द्र बहादुर बस्नेतज्यूले गर्नु भएको ‘बकसत्रप’ तथा सवै शेयरधनीहरु विच कम्पनी ऐन, २०६३ को ‘दफा १४५’ समेत अनुसार मिति २०७५÷०४÷१५ मा भविष्यमा बुद्ध एयर सञ्चालन गर्ने विस्तृत प्रक्रियासहितको ‘सर्वसम्मत सम्झौता’ गरी कम्पनी ऐन, सर्वसम्मत सम्झौता, प्रबन्ध पत्र नियमावली समेत व्यवस्थाहरुलाई पूर्ण रुपमा विधिसम्मत रुपले पालना गरी पारदर्शी रुपमा कम्पनीका शेयरधनी, कर्मचारीसमेतको हितमा रही काम कारोवार गरी आएको अवस्था छ ।

सर्वसम्मत सम्झौता अनुसार ‘क’  समुहका ६० प्रतिशत शेयर बाट २ जना र ‘ख’  समुहका ४० प्रतिशत शेयर मध्येबाट १ जना संचालक नियुक्ती गर्नुपर्ने हुँदा सो समेतको विषयमा प्रस्ताव राखी मिति २०७९÷११÷२२ मा साधारणसभा हुने गरी दैनिक पत्रिकामा सार्वजनिक सूचनाबाट सवै शेयरधनीहरुलाई आह्वान गर्दा समेत अर्चना बस्नेत, शिवानी बस्नेत र आदर्श बहादुर बस्नेत उपस्थिती हुन नआएको हुँदा उक्त १ संचालक पद खाली नै राखी ‘६५ प्रतिशत शेयरधनीहरु’को उपस्थितीमा साधारण सभा सम्पन्न भएको थियो ।

३५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने तिन जना शेयरधनीहरु अर्थात अर्चना बस्नेत, शिवानी बस्नेत र आदर्श बहादुर बस्नेतले कम्पनी ऐन, २०६३ को दफा १४६ र १४७ को अधिकार प्रयोग गर्ने सम्बन्धमा विभिन्न पटक पत्राचारहरु आदान प्रदान भई मिति २०७९÷१२÷१५ गतेको लागि कागजात तथा अभिलेख निरिक्षण गर्न तथा आर्थिक विवरण लिनका निम्ति समय निर्धारण भएको अवस्थामा समेत कुनै पनि शेयरधनीहरु वा प्रतिनिधी उपस्थित हुन नआएको अवस्था छ ।

मिति २०७९÷१२÷२४ गतेका दिन शिवेन्द्र बहादुर बस्नेतले आफुसँग दुई जना कानून व्यवसायी तथा एक जना लेखापरीक्षकसमेत कम्पनीको रजिष्टर्ड कार्यालयभित्र प्रवेश गरी गराई विभिन्न काल्पनीक आरोप लगाई झुट्ठा, बनाबटी कुराहरु सुनाई कानून प्रतिकुलका जस्तै समुह ‘क’ र समुह ‘ख’ बाट समानान्तर दुईवटा व्यवस्थापन संचालन गर्ने, नत्र भए कम्पनीलाई ‘लिक्यूडेशन’मा लगी ४० प्रतिशत शेयर बराबरको सम्पत्ति लगि छुट्टै वायुसेवा कम्पनी सञ्चालन गर्ने माँगहरु राखी निज शिवेन्द्र बहादुर बस्नेतले व्यक्त गर्नु भएको ‘अडियो’ कम्पनीसँग सुरक्षित रहेको छ ।

३५ प्रतिशत शेयरधनीहरुले कम्पनी ऐन, २०६३ को दफा १४६ र १४७ बमोजिमको अधिकार प्रयोग गर्ने वहानामा गैरकानूनी, अनुचीत लाभ प्राप्ती तथा कम्पनीको अहित हुने कार्यतर्फ अग्रसर रहेको अवस्थामा कम्पनीले बाध्य भई शेयरधनीहरुले उक्त कानूनी व्यवस्थाको प्रयोग अगामी साधारण सभामा उपभोग गर्न जानकारी गराइएको छ ।

यस कम्पनीको सम्पूर्ण कारोवारको विवरण, सर्वसम्मत सम्झौता, साधारणसभा, ३५ प्रतिशत शेयरधनीहरुले कम्पनीलाई पटक पटक गर्नुभएको पत्राचारहरु, कम्पनीले निज शेयरधनीहरुलाई विभिन्न मितिमा गरेको पत्राचारहरु समेतको कागजातहरु श्री कम्पनी रजिष्ट्रारको कार्यालय समक्ष अभिलेख भई रहेको र सो कागजातहरु यस कम्पनीमा समेत सुरक्षित रहेको हुँदा सरोकारवाला व्यक्तिले जुनसुकै बखत अवलोकन गर्न सक्ने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ ।

शिवेन्द्रजीले बुद्ध एयर छाड्दा कम्पनी घाटामा रहेको थियो । २३ वर्षको अनवरत मिहनेत तथा प्रयासका कारण सफल व्यापारिक संस्थाको रुपमा आज स्थापित हुनपुगेको छ । १५०० कर्मचारीलाई रोजगार, नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न कर दस्तुर तथा राज्यलाई वर्षको करोडौं रकम समयमै भुक्तानी गर्न सफल भएको छ ।

वर्षको २५ औं लाख नेपाली यात्रुहरुलाई सुलभ, सुरक्षित एवं सस्तो भाडादरमा उडान सेवा प्रदान गरिरहेको छ । बुद्ध एयरले उडान सेवालाई अझ बढि विस्तार तथा परिष्कृत गर्न प्रतिवद्ध रहेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement