site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोइराला समूहको कोटा काटियो, टिक्न सकेन अडानमा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । मन्त्रिपरिषद् विस्तारहुँदा कांग्रेसभित्र शेखर कोइराला समूह अडानबाट पछि हटेको छ । गएको चैत १७ मा समूहले सम्मानजनक भाग नपाएको भन्दै सरकारमा नगएको समूहले पुरानै भागमा चित्त बुझाएको छ ।  

१७ चैतमा सातौँपटक सरकार विस्तार हुँदा नेपाली कांग्रेसबाट ४ जनामात्र मन्त्रीले मात्र शपथ लिएका थिए । पार्टीले भागमा पाएको आठै जना मन्त्रीलाई सोही दिन शपथ गराउने तयारी गरेको थियो । तर, शेखर समूहको अवरोधका कारण चार जना मन्त्रीले मात्र शपथ लिनुपरेको थियो । 

सभापति शेरबहादुर देउवाले ८ मध्ये ६ मन्त्रालय आफूसँग राखेर २ मन्त्रालय मात्र समूहलाई भाग लगाएका थिए । समूहबाट पार्टी उपसभापति तथा सांसद धनराज गुरुङ र नेता शेखर कोइरालाको विश्वापात्र मोरङ जिल्ला सभापति समेत रहेका सांसद डिगबहादुर लिम्बुको नाम फाइनल भइसकेको थियो । समूहले जीवन परियार वा बद्री पाण्डेमध्ये एकलाई मन्त्री बनाउने भन्दै थप एक मन्त्रालय माग गरेको थियो । महामन्त्री गगन थापाले चाहिँ प्रदीप पौडेललाई मन्त्री बनाउन चाहेका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यसपश्चात् समूहका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग संवाद गरेका थिए । उपनिर्वाचनमा भएको गठबन्धनमा असन्तुष्टि जनाउँदै जनमत पार्टीले खानेपानी मन्त्रालय छाडेपछि त्यो मन्त्रालय कांग्रेसले लिने र समूहलाई तीन मन्त्री दिने शेखर कोइरालासँगको भेटमा सभापति शेरबहादुर देउवाले आश्वासन दिएका थिए ।

सोहीअनुसार शेखरले आफ्नो सम्पर्क कार्यालय बालुवाटारमा आफूनिकट नेता तथा सांसदहरूलाई ब्रिफिङ पनि गरेका थिए । 

Royal Enfield Island Ad

उक्त ब्रिफिङमा महामन्त्री गगन थापाले पनि तीन मन्त्री र एक राज्यमन्त्री गरेर चार जना समूहले पाउने र सोही अनुसार मन्त्री पठाउने बताएका थिए । साथै उपनिर्वाचन पश्चात् मन्त्री पठाउने र शपथ गराउने समूहका नेता कोइराला र महामन्त्री थापाले ब्रिफिङ गरेको बैठकमा सहभागी नेताहरू बताउँछन् । 

सम्माजनक भागबण्डा नपाएको भन्दै १७ गते शपथ ग्रहणबाट पछि हटेको शेखर समूह वैशाख २० अर्थात् आज विस्तार भएको मन्त्रिपरिषद्मा भने पुरानै भागवण्डामा चित्त बुझाएर सरकारमा गएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी सभापति शेरबहादुर देउवासँगको सहकार्यमा मन्त्री विस्तार गर्दा समूहबाट उनै गुरुङ र लिम्बुमात्रै मन्त्री बनेका छन् । थप एक जना मन्त्री र राज्यमन्त्री भने समूहले पाएन । आखिर यत्रो समय सरकारलाई पूर्णता दिन बाधक बनेर समूहले किन पुरानै भागवण्डामा चित्त बुझायो त ? यसको जवाफ आफूहरूसँग नभएको समूहका नेताहरू बताउँछन् । 

यो विषयले समूहले मन्त्री पठाएसँगै समूहमा भने असन्तुष्टि छाएको छ । बाह्रखरीसँग कुराकानी गर्दै समूहका एक नेताले समूहका नेता शेखर कोइराला र महामन्त्री गगन थापाबाट समूहलाई दिइएको बचन पूरा नगरेको बताए । आफूहरूलाई तीन मन्त्री र एक राज्यमन्त्री आश्वासन देखाएर किन दुई मन्त्रालय मात्र लिएको भन्ने आफूहरू जानकार नभएको उनले बताए । आफूहरूसँग सल्लाह नभभएको भन्दै उनले कारण र जवाफ नेताहरू थापा र कोइरालासँग सोध्न अनुरोध गरे ।

“हामीलाई तीन मन्त्री र एक राज्यमन्त्री दिने भनेर नेता शेखर कोइराला र महामन्त्री गगन थापाले पटक–पटक ब्रिफिङ गरेका हुन्,” ती नेताले बाह्रखरीसँग भने,“तर,संख्या काटियो किन थाहा भएन । यसको जवाफ उहाँहरुले नै दिनुहोला ।”

समूहबाट धनराज गुरुङले कानुन मन्त्रालयको जिम्मेवारी प्राप्त गर्दा शेखरका विश्वासपात्र डिगबहादुर लिम्वुले युवा तथा खेलकुद मन्त्रालय पाएका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका मोहनबहादुर बस्नेत भने शेखर समूहका होइनन् । उनी संस्थापन पक्षको कोटाबाट मन्त्री बनेका हुन् । समूहबाट थप एक मन्त्रीमा जीवन परियार वा बद्री पाण्डेमध्ये एक र सुरेन्द्रराज आचार्यको समेत चर्चा थियो । 

आचार्यका अनुसार मंगलबारमात्र नेता कोइरालाले समूहबाट आफूसहित सबैको नाम सभापति देउवालाई दिएका थिए । तर, त्यसपश्चात् किन २ जनाको नाम आएन आफू जानकार नभएको उनको प्रतिकृया छ । 

“हिजोमात्र शेखर दाइले हामी चारजनाको नाम दिनुभएको जानकारी मलाई आएको थियो । अहिले २ जनाको मात्र नाम आयो,'' उनले बाह्रखरीसँग भने, “यतिमात्र पाउने भए हामी पहिले जादा भइहाल्थ्यो नि । किन यतिसमय रोकिनुपर्थ्यो र।”

कांग्रेस प्रमुख सचेतक रमेश लेखका अनुसार कांग्रेसले मन्त्रीमा पाएको कोटा पूरा भएको छ । गठबन्धन बैठकपश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अन्य दलले मन्त्रीको नाम पठाएपछि सरकारले पूर्णता पाउनेछ । 
“कांग्रेसले पठाइसक्यो । बाँकी रहेका मन्त्रालय चाँडै पूर्णता दिने कुरा भएको छ,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro