site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भागबन्डा नमिलेर गभर्नर नियुक्त नभएको होइन : गुरुङ 

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकका गभर्नर चाँडै नियुक्त हुने बताएका छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै उनले अर्थमन्त्रीको नेतृत्वमा गठन भएको कार्यदलले काम गरिरहेको बताए ।
 
“समयमै सिफारिस गर्ने समिति अर्थमन्त्रीको संयोजकत्वमा गठन गरेको हो । उहाँहरूले काम पनि गर्दै हुनुहुन्छ,” उनले भने । 

गुरुङले नेपाली कांग्रेस र नेकपा (एमाले)का बीचमा भागबन्डा नमिलेर नियुक्तिमा ढिलाइ भएको चर्चाको खण्डन गरे । “दुईदलको बीचमा भागबन्डा नमिलेर तानातान भएर नगरिएको भन्ने सत्य होइन,” उनले भने, “चाँडैभन्दा चाँडै गभर्नर पाउँछौँ ।”
 
गुरुङले वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले कायममुकायम गभर्नरको जिम्मेवारी दिइएकाले काम नरोकिएको पनि बताए । 

Argakhachi Cement Island Ad

गभर्नरको पाँचवर्षे सेवा अवधि पूरा गरेर महाप्रसाद अधिकारीको कार्यकाल आइतबार (चैत २४ गते) सकिएको थियो ।

बहालवाला गभर्नरको अवधि सकिनुभन्दा एक महिनाअगाडि नयाँ नियुक्त गर्नुपर्ने व्यवस्था छ । सरकारले गभर्नर सिफारिस समिति यही चैत ११ गते मात्र गठन गर्‍यो । 

अर्थमन्त्री पौडेलको अध्यक्षतामा बनेको समिति सदस्यमा पूर्वगभर्नर विजयनाथ भट्टराई र डा. विश्व पौडेल छन् । समिति गठन भएको १५ दिन बितिसक्दा पनि बैठक बस्न सकेको छैन ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १७:३०
प्रतिक्रिया दिनुहोस्