site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाले 'बार्गेनिङ' गर्न सत्ताबारे निर्णय नलिएको हो ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तामा सहभागिता हुनेबारे निर्णय गरिसकेको छैन । सोमबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले पनि सरकार जाने/नजानेबारे कुनै निर्णय गरेन । बरु निर्णय लिन शुक्रबारसम्मको समय तोकिएको छ । 

केन्द्रीय समितिको बैठकपछि महामन्त्री मुकुल ढकालले संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेर शुक्रबार सरकारको विषयमा निर्णय लिने जानकारी दिए । 

आजको बैठकमा सत्ताबारे चर्चा भने भएको छ । बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाँदा र नजाँदा हुने नाफा–नोक्सानबारे विचार राखेका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“कि त पार्टी प्रतिपक्षमा जान्छ, कि सत्तापक्षमा बस्छ । हामी बिचमा नबस्ने निर्णय गरेका छौँ । पार्टी सरकारमा जाने वा प्रतिपक्षमा बस्ने शुक्रबार संयुक्त बैठक बसेर निर्णय गर्ने निर्णय भएको छ,” महामन्त्री ढकाल भन्छन्, “आज साथीहरूले सरकारमा जाँदाको फाइदा र बेफाइदाको विषमया धारणा राख्नुभयो ।”

बैठकले सरकारमा जानैपर्ने वा जान नहुनेबारे कुनै दबाब नदिएको र ठोस निष्कर्ष नदिएको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । 

Royal Enfield Island Ad

आइतबार मात्र रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेट भएको थियो । भेटमा प्रधानमन्त्रीले रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए । दोस्रोपटकसमेत प्रचण्ड सरकारलाई विश्वासको मत दिएको रास्वपाले उपचुनावपछि सरकारको विषयमा निर्णय लिने बताएको थियो । ऊ सत्तापक्षमा भए पनि सरकारमा भने सहभागी छैन ।

सोमबारको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले प्रधानमन्त्रीसँगको भेटबारे ब्रिफ्रिङ गरेको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए । 

रास्वपा महामन्त्री ढकालका अनुसार प्रधानमन्त्री रास्वपालाई पुरानै मन्त्रालय दिन तयार छन् । प्रधानमन्त्री साझा न्यूनतम कार्यक्रम पुनर्लेखन गर्न पनि तयार रहेको महामन्त्री ढकालको भनाइ छ । आफूहरूकै कारण सत्ताको विषयमा निर्णय हुन नसकेको उनको दाबी छ ।

“साविकको मन्त्रालय पाएको अवस्थामा सरकारमा जाँदैन भन्ने होइन, नीति तथा कार्यक्रम पुनर्लेखन नभएर पार्टी सरकारमा जाँदैन,” उनले भने, “प्रधानमन्त्रीले साविकको मन्त्रालय दिने र नीति तथा कार्यक्रम पुनर्लेखन हुन्छ भनिसक्नुभएको छ । अब हामीले औपचारिक निर्णय गर्न मात्र बाँकी छ ।”

सत्ताबारे रास्वपामा दुई मत छ । एक पक्षले सरकारमा जानुपर्नेमा जोड दिइरहेको छ भने अर्कोले विपरीत ।

सरकारमा जानुपर्नेमा जोड दिइरहेको पक्षले सरकारमा गएर 'डेलिभरी' दिनुपर्ने तर्क गरिरहेको छ । अर्कोले प्रतिपक्षमा बसेर आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भनिरहेको छ । सभापति लामिछानेसहितका नेताहरू सत्ताकै पक्षमा छन् ।

रास्पाले आजको बैठकबाटै सरकारबारे निर्णय गर्ने तयारी गरेको थियो । तर, प्रधानमन्त्रीसँगको भेटपछि रास्वपाले समयावधि बढाएको हो । तर, किन ?

पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ भन्छन्– हतारमा निर्णय नगर्ने पक्षमा छौँ । सबैको धारणा सुनेर निर्णय लिन्छौँ ।

“सरकारमा जाने नजाने निर्णय भइसकेको छैन । संयुक्त बैठक बसेर सबैको साझा धारणा बनाउन हामीले समय लिएका हौँ । हामीले थिति र प्रक्रिया बसाल्न पनि यसो गरेका हौँ,” श्रेष्ठले बाह्रखरीसँग भने, “हिजोमात्र पनि प्रधानमन्त्रीमात्र होइन मन्त्री सुजन किरातीले पनि पुरानै सहमतिलाई निरन्तर गरेर अघि बढौँ भन्नुभएको हो । तर, कसैले भन्यो भन्दैमा कुदिहाल्ने वा भ्याट्टै गइहाल्ने भन्ने हुँदैन । सबैको धारणा सुनेर निर्णय गर्नुपर्छ भन्ने आवश्यक्ता हामीले महसुस गरेका हौँ ।”

नेताहरूको भनाइमा रास्वपा पुरानै (गृह, शिक्षा र श्रम) मन्त्रालय पाए सरकारमा जान तयार छ । तर, उसले सरकार पाँच वर्षको बाँकी रहेको पूरै अवधि टिक्नुपर्ने र मन्त्रालयमा प्रधानमन्त्री तथा अन्य दलको हस्तक्षेप हुन नहुने सर्त राखेको छ ।

प्रधानमन्त्री प्रचण्ड पनि रास्वपालाई सरकारमा ल्याउन बल गरिरहेका छन् । सोमबार चितवन पुगेर प्रचण्डले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने दाबी गरे । उनले रास्वपाले पहिले पाएका मन्त्रालय माग्नु अस्वाभाविक नभएको पनि बताए ।

“रास्वपाका अध्यक्ष रविजीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । बरु सरकारमा आउने कुरा चलिरहेको छ ।”

कतिपयले सत्ताबारे रास्वपाले निर्णय लिन गरेको ढिलाइलाई 'बार्गेनिङ'सँग जोडिरहेका छन् । तर, उपनेता श्रेष्ठ यसलाई मान्न तयार छैनन् । 

“बार्गेनिङ गर्नुपर्ने कुनै पनि कारण छैन । हामी त परिवर्तनको पक्षधर हौँ,” उनले भने, “खासमा हामीले बसाउन खोजेको राजनीतिक कल्चर हो । केन्द्रीय नेतृत्व र सांसदहरूको धारणाको सम्मान गर्नु हो । त्यसैले सामूहिक बैठक र धारणाबिना हामीले अघि नबढ्ने निर्णय गरेका हौँ । यसलाई बार्गेनिङ भन्न मिल्दैन ।” 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro