site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसबाट मन्त्री किस्ताकिस्तामा : अब चारजनाको नियुक्ति कहिले ?, कसको छ चर्चा ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको आन्तरिक 'कलह'का कारण प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अझै मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । आइतबार कांग्रेसबाट एनपी साउदले परराष्ट्रमन्त्री र नन्दा चपाईले भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेपछि १९ सदस्यीय मन्त्रिपरिषद् भएको छ ।

आठ मन्त्रालय पाएको कांग्रेसले किस्ताकिस्तामा मन्त्री पठाइरहकाले सरकारले कहिले पूर्णता पाउँछ भन्ने टुंगो छैन । गत १७ चैतमा कांग्रेसले सरकारमा चारजना पठाएको थियो । त्यसको १६ दिनपछि कांग्रेसले साउदलाई सरकारमा पठाएको हो । कांग्रेसको भागमा परेका चार मन्त्रालय अहिले प्रधानमन्त्री आफैँले सम्हालिरहेका छन् । 

कांग्रेसले बाँकी रहेका मन्त्रालयमा कहिले पठाउँछ भन्नेबारे कांग्रेस नेताहरूलाई नै जानकारी छैन । सभापति शेरबहादुर देउवा (संस्थापन) पक्षका अनुसार शेखर कोइराला (इतर) समूहले मन्त्रीको नाम नदिँदा सरकारमा मन्त्री पठाउन ढिलाइ भएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उता शेखर समूहका नेतालाई भने आइतबार साउदलाई मन्त्रालय पठाइएकोबारे पनि जानकारी छैन । नेता सञ्जय गौतमले वैशाख १० गतेपछि मात्र मन्त्री पठाउने समझदारी भएको तर अहिले 'अचानक' पठाइएकोबारे जानकारी नभएको बताए ।

"उपनिर्वाचनपछि मात्र मन्त्रीहरूको शपथ गराउने समझदारी भएको थियो । अहिले म तनहुँमा निर्वाचनको प्रचारमा छु, त्यसकारण बाँकी कुरामा म बेखबर छु," गौतमले बाह्रखरीसँग भने । 

Royal Enfield Island Ad

कांग्रेस स्रोतका अनुसार प्रधानमन्त्रीकै आग्रहमा साउदलाई परराष्ट्रमन्त्रीमा सिफारिस गरिएको हो । प्रधानमन्त्री भारत भ्रमणको तयारीमा रहेकाले पनि परराष्ट्रमन्त्रीको आवश्यकता परेको हो । भ्रमणको चाँजोपाँजो मिलाउन तत्काल परराष्ट्रमन्त्रीको आवश्यकता परेकाले साउदलाई पठाइएको स्रोत बताउँछ । 

“प्रधानमन्त्रीको छिट्टै भारत भ्रमण हुँदै छ । प्रधानमन्त्रीको भारत भ्रमणअघि परराष्ट्रमन्त्रीको भ्रमण आवश्यक भएकाले प्रधानमन्त्रीकै आग्रहमा एनपीजीलाई सिफारिस गरिएको हो,” कांग्रेसका एक पदाधिकारीले बाह्रखरीसँग भने, “केही दिनमै भारत भ्रमण पनि हुन्छ होला ।”

परराष्ट्रमन्त्री साउद आफैँले पनि आफ्नो अहिलेको प्रमुख प्राथमिकता प्रधानमन्त्रीको भारत भ्रमण रहेको बताइसकेका छन् । आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा साउदले प्रधानमन्त्रीको भारत भ्रमणका लागि कर्मचारीसँग छलफल थाल्ने बताए । 

"हामी छलफल अगाडि बढानेछौँ । भर्खरै म कार्यालयमा आएको छु । सचिवजी, उहाँहरू त्यसमा संलग्न हुनुहुन्छ । म सबै कुराको ब्रिफिङ लिएर अगाडि बढ्नेछु," उनले भने ।

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल पनि भारत भ्रमणकै लागि परराष्ट्रमन्त्री नियुक्त गरिएको बताउँछन् । उनले केही दिनभित्रै परराष्ट्रमन्त्रीको भारत भ्रमण हुने जानकारी दिए ।

“प्रधानमन्त्रीज्यूको निकट भविष्यमै भारत भ्रमण हुँदै छ । पराष्ट्रमन्त्रीबिनै विदेश भ्रमणमा जाँदा त्यति राम्रो सन्देश पनि जाँदैन । त्यसैले पररारष्ट्रमन्त्री लागेको हो,” गजुरेलले भने, “प्रधानमन्त्रीको भ्रमणअघि केही दिनभित्रै नवनियुक्त परराष्ट्रमन्त्रीको भारत भ्रमण हुनेछ ।”

बाँकी ४ को नियुक्ति कहिले,आकांक्षी को ?
कांग्रेको भागमा आठ मन्त्रालय परेको छ । सुरुमा संस्थापन पक्षले आफूलाई ६ मन्त्रालय राखेर दुई मन्त्रालय शेखर समूहलाई दिने तयारी गरेको थियो । तर, शपथ लिने दिन पुस १७ गते शेखर समूहले तीन मन्त्रालय नभए सरकारमा नजाने अड्डी कसेपछि कांग्रेसले चार मन्त्री मात्र पठाएको थियो । 

पहिलो किस्तामा कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, अर्थमा प्रकाशशरण महत र सहरी विकासमा सिता गुरुङ मन्त्री बनेकी थिइन् ।

दोस्रो किस्तामा साउद परराष्ट्रमन्त्री बनेका छन् । 

देउवा निकट एक पदाधिकारीका अनुसार कांग्रेसले एकैपटक सबै मन्त्रीको शपथ गराउने तयारी गरेको थियो । तर, शेखर पक्षले नाम सिफारिस गर्न सकेको छैन । शेखर समूहको बिहीबार बैठकमा नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले वैशाख १० गतेपछि मात्र मन्त्री पठाउने ब्रिफिङ गरेका थिए । उनीहरूले आफ्नो भागमा तीन मन्त्री र एक राज्यमन्त्री परेको ब्रिफिङ गरेको नेता गौतम बताउँछन् । 

"बिहीबारको बैठकमा पनि उपनिर्वाचनपछि मन्त्री पठाउने भनिएको थियो । सोही समझदारी टुट्यो भने अर्को कुरा तर, समूहबाट १० गतेपछि मात्र मन्त्री पठाउने कुरा भएको छ," गौतमले भने, "हामीले तीन मन्त्री र एक राज्य गरेर चार मन्त्रालय पाउने कुरा छ ।" 

कांग्रेसले अब कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्‌ख्या र खानेपानी मन्त्रालयमा मन्त्री पठाउन बाँकी छ । यस्तै, कांग्रेसले थप एक राज्यमन्त्री पनि पाउने दाबी कांग्रेस नेताहरूको छ । 

बाँकी रहेका चार मन्त्रालयमा संस्थापन समूहबाट मोहनबहादुर बस्नेतको चर्चा छ । इतर समूहबाट भने धनराज गुरुङ, डिगबहादुर लिम्बुको नाम फाइनल भइसकेको छ । यता, थप एकमन्त्रीमा जीवन परियारको चर्चा छ । यस्तै, बद्री पाण्डेले पनि प्रयास गरिरहेका छन् । एक राज्यमन्त्रीमा भने सुरेन्द्र आचार्य, प्रतिमा गौतम, मैना कार्की रावल, अनिता देवकोटाको चर्चा छ । 

तीन राज्यमन्त्रीमध्ये माओवादी केन्द्रबाट सुशिला सिर्पाली ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा एकीकृत समाजवादीबाट आजमात्र नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेकी छन् । 

खाली रहेको वन तथा वातावरण मन्त्रालय भने जनता समाजवादी पार्टीको भागमा परेको छ । उसले हालसम्म मन्त्रीको नाम दिएको छैन । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro