site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउँदा कसले पाउँछ, कसले गुमाउँछ ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी अधिकारीहरूले अहिले टिकटकमाथि प्रतिबन्ध लगाउनेबारे छलफल गरिरहेका छन् ।  टिकटकको मुख्य कम्पनी बाइटडान्सले यसको हिस्सेदारी बिक्री नगरेमा प्रतिबन्ध लगाउने अमेरिकी चेतावनी छ ।

अमेरिकी गृह ऊर्जा तथा वाणिज्य संसदीय समितिमा टिकटकका सीईओ शाउ जि च्युले बयान दिएका थिए । त्यसक्रममा सीईओ शाउले अमेरिकामा सक्रिय प्रयोगकर्ताको संख्या १५ करोड पुगेको बताएका थिए । सन् २०२० मा यो संख्या १० करोड थियो ।

यो पनि पढ्नुहोस्

अमेरिकी संसद्‌मा टिकटकका सीईओले सामना गरेको साढे चार घण्टा 

अहिले अमेरिकामा हरेक तीनजनामा एकजनाले टिकटक चलाउने गरेका छन् । अमेरिकी नागरिक र संस्कृतिसँग समेत जोडिएका कारण टिकटको प्रतिबन्ध कानुनी विषय मात्रै नरहने देखिन्छ ।

विश्वभरझैँ अमेरिकी युवाहरूले पनि अन्य कन्टेन्टसँगै समाचारसमेत टिकटकबाटै हेर्न सुन्न थालेका छन् ।

तर, चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले आफ्नो प्रयोगकर्ताको डाटा चिनियाँ सरकारले मागेका बेला उपलब्ध गराउन सक्ने भन्दै अमेरिकालाई यसलाई राष्ट्रिय सुरक्षाको खतराका रूपमा हेरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले सरकारी उपकरणहरूमा टिकटक प्रतिबन्ध गरिसकेको छ । अब पूर्णरूपको प्रतिबन्धको चेतावनी दिएको छ ।

यदि अमेरिकी सरकारले टिकटमा प्रतिबन्ध लगाउने निर्णय गरे यसका दुई मुख्य पाउने र गुमाउनेहरू हुनेछन् ।

फाइदामा हुनेहरू
सुरुमा त टिकटकका प्रतिद्वन्द्वीहरूका लागि यो ठूलो जित हुनेछ । जस्तो कि मेटाको इन्स्टाग्राममा प्रयोगकर्ताले दैनिक एक करोड ७६ लाख घण्टा रिल हेर्छन्, जुन टिकटकको १९ करोड ७८ लाख घण्टा भन्दा निकै कम हो ।

टिकटक प्रतिबन्ध भएमा इन्स्टाग्रामको रिल, युट्युबको सर्ट्स र स्न्यापच्याटको स्पटलाइटलाई फाइदा हुन सक्छ । यस्तै, कपिक्याट एपहरूका लागि पनि खुसीको विषय हुन सक्छ ।

आफ्नो बालबालिकाहरूलाई निकै धेरै समय सामाजिक सञ्जालमा खर्चेको देख्ने अभिभावकहरूका लागि एक प्रमुख चर्चित एप टिकटक प्रतिबन्ध फाइदाजनक हुन सक्छ । 

टिकटकले बालबालिकाहरूको हितमा निरन्तर काम गरिरहेको बताएको छ । उसले आगामी मार्चदेखि १८ वर्षमुनिका प्रयोगकर्ताका लागि ६० मिनेटको स्क्रिन टाइम लिमिट राखेको बताएको छ । तर, पासवर्ड हानेर प्रयोगकर्ताले यसलाई बाइपास गर्न सक्छ ।

यस्तै, टिकटक प्रतिबन्ध गर्नुपर्छ भन्ने सांसदहरूको पक्षमा यो निर्णय जानेछ र उनीहरूका लागि पनि यो जित हुनेछ । 

यसबाहेक पछिल्लो समय अमेरिकी प्रविधि उद्योगमा चिनियाँ संलग्नताविरुद्ध सिलिकन भ्यालीमा पनि अधिकारीहरू अगाडि आएका छन् । विभिन्न भेन्चरहरूबाट समर्थन पाएको कथित हिल एन्ड भ्याली फोरमले यसका लागि आफ्नो सक्रियता बढाएको छ, उनीहरूका लागि पनि सकारात्मक हुनेछ ।

गुमाउनेहरू
पछिल्ला पाँच वर्षयता चीन र अमेरिकाबीच प्रविधि क्षेत्रको व्यापारमा पनि युद्धको स्थिति छ । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अहिलेका राष्ट्रपति बाइडेन दुवैले चिनियाँ प्रविधि जायन्ट हुवावेसँगको लगभग पूर्ण आयात–निर्यात व्यापारमा प्रतिबन्ध लगाएका छन् ।

टिकटकमाथिको प्रतिबन्धले यसलाई झनै उक्साहटतर्फ धकेल्नेछ । यस्तोमा चीनले त्यहाँ रहेका अमेरिकी कम्पनीहरूसँग बदला लिन सक्ने केही अमेरिकी सांसदहरूको चिन्ता छ ।

प्रयोगकर्ता, व्यवसाय र व्यापार
अमेरिकामा टिकटकका १५ करोड प्रयोगकर्ता छन्, २०२१ मै विश्वभर यसका प्रयोगकर्ता एक अर्ब नाघेका थिए ।

टिकटकमा रहेका क्रिएटर अथवा इन्फ्लुएन्सरहरू प्लटेफर्ममा अनेकौँ किसिमका भिडियोहरूमार्फत विज्ञापन गरी किताब, भिटामिन, कपडा, इलेक्ट्रोनिक्सजस्ता सामान बेच्नेदेखि प्रायोजनमार्फत सय, हजारदेखि दशौँ लाख अमेरिकी डलर आम्दानी गरिहेका छन् । 

सानादेखि ठूला व्यवसायले सजिलै र सस्तोमा टिकटकमार्फत आफ्नो उत्पादनको विज्ञापन गरिहेका छन् ।

यो सबै कुरा अन्य एपहरूमा सर्ने सम्भावना भएपनि जटिलता हुने नै छ । टिकटक नै राम्रो भन्दै प्रतिबन्ध नगर्न भन्दै अमेरिकी संसद् भवनअघि विरोध प्रदर्शन नै भएको छ ।

यसबाहेक टिकटकको अभिभावक कम्पनी बाइटडान्समा लगानी रहेकाहरूका लागि यो खराब समाचार हुनसक्छ । 

स्मरणीय कुरा के भने बाइटडान्सको २० प्रतिशत हिस्सा मात्रै यसका संस्थापकहरूसँग छ, २० प्रतिशत कर्मचारी र ६० प्रतिशत लगानी विश्वभरका लगानीकर्ताहरूको छ । जसमा सफ्टबैंक ग्रुप, सेकोइया क्यापिटल र केकेआर पनि रहेका छन् ।

विश्वभर एक लाख ५० हजार कर्मचारी रहेको बाइटडान्सका अमेरिकामा करिब सात हजार कर्मचारी छन्, प्रतिबन्धले उनीहरूलाई पनि असर पार्नेछ ।

ओराकल
टिकटक यसका अमेरिकी प्रयोगकर्ताको डाटा स्टोर गर्नका लागि अमेरिकी सफ्टवयर जायन्ट ओराकलसँग जोडिएको छ । यसका साथै यसले भिडियो रिकोमेन्डेसन एल्गोरिदम मनिटरको जिम्मा पनि ओराकललाई दिएको छ ।

अमेरिकामा प्रतिबन्धबाट जोगिने टिकटकको सम्भावना ओराकलसँग पनि धेरै निर्भर रहनेछ । प्राजेकेक्ट टेक्सास अन्तर्गत दुवै अमेरिकी प्रयोगकर्ताको डाटा सुरक्षासम्बन्धी काम गरिरहेका छन् । प्रतिबन्ध लागेमा आराकलले ठूलो क्लाइन्ट गुमाउनेछ ।

रोचक कुरा, अमेरिकाले टिकटक प्रतिबन्ध लगाउने तयारी गरिरहँदा बाइटडान्सको स्वामित्वमा रहेको यस्तै भिडियो सेयरिङ एप लेमन आठ अमेरिकामा एप स्टोरको लोकप्रिय १० भित्र पुगेको छ ।

जे होस्, अमेरिका मात्रै नभएर, भारतमा टिकटक पहिले नै प्रतिबन्ध छ भने, युरोपियन युनियन र क्याडा, न्युजिल्यान्ड, अस्ट्रेलिया, नेदरल्यान्डलगायतले पनि यसमाथि कुनै न कुनै किसिमको दबाब बनाउन खोजिरहेका छन् ।

अमेरिकाले विश्वकै सबैभन्दा ठूलो क्रिप्टो ट्रेडिङ प्लेटफर्म बाइनान्सविरुद्ध पनि प्रतिबन्ध गर्ने तयारीस्वरूप मुद्दा हालेको छ ।

यो पनि गर्नुहोस्

विश्वकै ठूलो क्रिप्टो किनबेच हुने बाइनान्स प्रतिबन्ध गर्ने तयारीमा अमेरिका

वालस्ट्रिट जर्नलसहित एजेन्सीहरूको सहयोगमा ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ०७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro