site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किशोरकिशोरीको सुरक्षाका निम्ति टिकटकको ‘फ्यामिली पेयरिङ’

काठमाडौं । सामाजिक सञ्जाल एप टिकटकले नेपालमा किशोरकिशोरीको सुरक्षाका निम्ति ‘फ्यामिली पेयरिङ’ सेवा सुरु गरेको छ । उक्त सेवामार्फत अभिभावकले आफ्ना छोराछोरीको टिकटक खाता आफ्नोसँग जोडेर उनीहरूको डिजिटल गतिविधिमा नियन्त्रण राख्न सक्ने जनाइएको छ ।

टिकटकका अनुसार, उक्त सेवाको उद्देश्य जिम्मेवार र सुरक्षित अनलाइन बनाउनु हो । ‘फ्यामिली पेयरिङ’ सुविधामार्फत अभिभावकले आफ्ना बालबालिकाको दैनिक ‘स्क्रिन’ समय सीमित गर्न, सन्देश पठाउन वा ‘कमेन्ट’ गर्न नपाउने बनाउन, उमेरअनुसारको मात्र विषयवस्तु देखिने, खाता खोज्न मिल्ने/नमिल्ने बनाउने तथा सर्च सेटिङ नियन्त्रण गर्न सक्ने सुविधा प्राप्त हुने कम्पनीले जानकारी दिएको छ ।

यो सेवा सुरु गर्न टिकटकको ‘सेटिङ्स एन्ड प्राइभेसी’ मेनुमा गई क्यूआर कोड स्क्यान गरेर अभिभावक र किशोर प्रयोगकर्ताको खाता आपसमा लिंक गर्नुपर्छ । एकपटक जोडिएपछि अभिभावकले आफ्ना छोराछोरीको मोबाइल नछोईकनै आफ्नै फोनबाट सुरक्षासम्बन्धी सेटिङ व्यवस्थापन गर्न सक्नेछन् ।

टिकटकका दक्षिण एसिया क्षेत्रका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिरदौस मोत्तकिनले भने, “समाजको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो । विशेष गरी किशोर प्रयोगकर्ताको हकमा फ्यामिली पेयरिङ सुविधा नेपालका निम्ति उपयुक्त हुने अपेक्षा छ ।” रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro