site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विश्वकै ठूलो क्रिप्टो किनबेच हुने बाइनान्स प्रतिबन्ध गर्ने तयारीमा अमेरिका
Ghorahi CementGhorahi Cement

काठमाडौं । संयुक्त राज्य अमेरिकाले विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीको खरिद–बिक्री (ट्रेडिङ)हुने ‘प्लेटफर्म’ बाइनान्सलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । कमोडिटी फ्युचर्स ट्रेडिङ कमिसन (सीएफटीसी)ले बाइनान्सले अमेरिकामा दर्ता नभई व्यापार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको हो ।

सीएफटीसीले बाइनान्सले मनी लान्ड्रिङलगायत विभिन्न अमेरिकी वित्तीय कानुन उल्लंघन गरेको आरोप लगाएको छ । बाइनान्सले भने प्लेटफर्ममा अमेरिकी प्रयोगकर्ता सक्रिय छैनन् भनी सुनिश्चित गर्न महत्त्वपूर्ण लगानी गरेको जनाएको छ ।

Agni Group

“यो मुद्दा अप्रत्याशित र निराशाजनक छ । किनकि, हामीले दुई वर्षभन्दा बढी समयदेखि सीएफटीसीसँग सहकार्य गरेर काम गरिरहेका छौँ । हामी अमेरिका र विश्वभरका नियामकसँग सहकार्य जारी राख्न चाहन्छौँ,” बाइनान्सले भनेको छ, “अगाडिको उत्तम मार्ग भनेको हाम्रा प्रयोगकर्तालाई सुरक्षित राख्नु र स्पष्ट, विचारशील नियामक व्यवस्था विकास गर्न नियामकसँग सहकार्य गर्नु हो ।”

सन् २०१७ मा स्थापित बाइनान्स अहिले डिजिटल (क्रिप्टोकरेन्सी, एनएफटीजस्ता) सम्पत्तिका लागि विश्वको सबैभन्दा ठूलो केन्द्रीकृत विनिमय हो ।

Global Ime bank

विश्वव्यापी रूपमा १० करोडभन्दा बढी प्रयोगकर्ता रहेको यो प्लेटफर्मका मालिक चिनियाँ मूलका क्यानाडाली अर्बपति चाङपेङ झाओ हुन् । उजुरीमा उनको नाम पनि उल्लेख छ ।

सीएफटीसीले बाइनान्स सन् २०१९ देखि अमेरिकामा सक्रिय रहेको जनाएको छ । तर, निगरानीबाट बच्नका लागि अपारदर्शी कर्पोरेट संरचना र अमेरिकी कानुनको पालना गरी दर्ता नभएको आरोप लगाएको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC