site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक्सले बन्द गर्‍यो भारतका आठ हजार खाता 

काठमाडौं । सामाजिक सञ्जाल माध्यम एक्सले भारतका आठ हजार खाता बन्द गरेको बताएको छ ।

अप्रिल २२ मा भारतको कश्मीरमा २६ जना पर्यटकको हत्यापछि भारत–पाकिस्तान तनावको अवस्थामा छन् । सोही पृष्ठभूमिमा एक्सले भारत सरकारको आग्रहमा ती खाता बन्द गराएको बीबीसीले जनाएको छ । 

बन्द गरिएका सामाजिक सञ्जाल खातामा पाकिस्तानका टेलिभिजन च्यानल डन तथा जियो टिभीलगायत धेरै पाकिस्तानी पत्रकारको खाता रहेको बताइएको छ । 

“आदेश पालना गर्दै हामी ती खाता भारतमा मात्र रोक्नेछौँ । हामीले त्यो प्रक्रिया सुरु गरिसकेका छौँ । तर, हामी भारत सरकारको मागसँग सहमत छैनौँ,” एक्सले आफ्नो ग्लोबल गभर्नमेन्ट अफेयर्स ह्यान्डलमा एक पोस्ट गर्दै भनेको छ ।

खाताहरू रोक्ने निर्णय सजिलो नभएको बताउँदै एक्सले यो सञ्जाल अन्य भारतीयका लागि पहुँचयोग्य बनाइराख्न आदेशको पालना गरिएको बतायो । साथै सरकारले रोक्न दिएको आदेश अनावश्यक र सेन्सरसिपको जस्तै भएको उसले बतायो ।

एलन मस्कको स्वामित्वमा रहेको यो प्लेटफर्मले सम्भावित सबै कानुनी विकल्प खोजिरहेको बताएको छ ।

एक्सले यसअघि नै भारत सरकारविरुद्ध अर्को अदालती मुद्दा लडिरहेको छ । प्रधानमन्त्री मोदी सरकारले कानुनको दुरुपयोग गरी सञ्जालका सामग्रीमा सेन्सरसिप गराएको आरोपसहित मुद्दा दायर गरिएको हो । 

यसैबीच, भारत सरकारप्रति आलोचनात्मक विचार राख्ने वेबसाइट द वायरले भारतको आईटी मन्त्रालयको आदेशमा इन्टरनेट सेवा प्रदायकले उनीहरूको वेबसाइट रोकेको दाबी गर्दै यसलाई खुल्ला सेन्सरसिप भनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro