site stats
विदेश
अमेरिकी संसद्‌मा टिकटकका सीईओले सामना गरेको साढे चार घण्टा 

काठमाडौं । अमेरिकी संसद्मा बिहीबार टिकटकका सीईओ शाउ जि च्युले करिब साढे ४ घण्टासम्म रिपब्लिक र डेमोक्रेट दुवै दलका सांसदहरूबाट प्रश्नको सामना गरे ।  

अमेरिकाले टिकटकका प्रयोगकर्ताको तथ्यांकमा चिनियाँ सरकारको पहुँच रहेको आरोप लगाउँदै यसलाई राष्ट्रिय सुरक्षाको मुद्दा बनाएको छ ।

एलन मस्क, मेटाका सीईओ मार्क जुकरवर्ग, अमेजनका मालि जेफ बेजोसलगायत थुप्रै प्रविधि क्षेत्रका ठूला कम्पनीका मालिकहरूको संसदीय सुनुवाइ भन्दा यो निकै फरक थियो । रिपब्लिकन र डेमोक्रेट दुवै दलका सांसदबाट यो सुनुवाइमा कुनै छुट थिएन ।

Himalayan Bank
Agni Group

टिकटकका सीईओका बच्चाहरूले चलाउँदैनन् एप
डेमोक्रेट सांसद नानेट ब्यारागनले सोधेको प्रश्नको जवाफमा टिकटकका सीईओ शाउ जि च्युले आफ्ना बच्चाहरूले टिकटक नचलाउने बताए ।

उनीहरू सिंगापुरमा रहेको र त्यहाँ १३ वर्ष मुनिका बालबालिकाहरूका लागि एप उपलब्ध नरहेको उनको भनाइ थियो । तर, अमेरिकामा भने बालबालिकाहरूको भर्जनमा एप उपलब्ध रहेको बताउँदै आफ्ना बच्चाहरु अमेरिकामा भएको भए चलाउन दिने भनेका थिए ।

Global bank

टिकटकको डाटामा बाइटडान्सका इन्जिनियरको पहुँच
च्युले अमेरिकाका सबै प्रयोगकर्ताको डाटा आरोकल फर्मअन्तर्गत अमेरिकामै राख्नका लागि अघि सारिएको नीति प्राजेक्ट टेक्सासबारे पनि कुरा पनि गरेका थिए ।

तर, प्रोजेक्ट टेक्सास अहिले पूर्ण रुपमा सञ्चालनमा नआएको भन्दै अहिले टिकटकको मुख्य कम्पनी बाइटडान्सका इञ्जिनियरहरूको पहुँच रहेको बताए ।

उनले भनेका छन्, “हामी विश्वव्यापी अन्तरसञ्चालनमा निर्भर छौँ, डाटामा चिनियाँ इञ्जिनियरहरूको पहुँच छ ।”

बाइटडान्समा च्युको सेयर
च्युले बाइटडान्सबाट टिकटकलाई अलग नै राख्न खोजेका भएपनि यो प्रयास सफल हुन सकेन । च्यु बाइटडान्सको प्रमुख वित्तीय वित्तिय अधिकृतसमेत रहेका थिए ।

सोधपुछका क्रममा उनले अन्ततः बाइटडान्समा आफ्नो सेयर रहेको र यसलाई कम गर्न खोजेको बताए ।

जब च्युले फेसबुकले डाटा सेयर गरेको कुरा झिके
सुनुवाइका क्रममा च्युले अमेरिकी संसद्मा एक महत्वपूर्ण प्रहार पनि गरे । टिकटकका प्रयोगकर्ताको डाटाको बारेमा कुरा गर्दा उनले भने, “पूर्ण सम्मानका साथ अमेरिकी कम्पनीहरूसँग डाटाको विषयमा राम्रो इतिहास छैन्,... फेसबुक र क्याम्ब्रि एनालिटीकालाई हेर्नुहोस् ।”

सन् २०२२ को डिसेम्बरमा बेलायती राजनीतिक कन्सलटेन्सी क्याम्ब्रिज एनालिटीका र अन्य तेस्रो पक्षसँग सन् २०१८ मा डाटा सेयर गरेको मुद्दा समाधान गर्न फेसबुक साढे ७२ करोड अमेरिकी डलर तिर्न यतार भएको थियो । च्युले गरेको यो कडा टिप्पणी थियो ।

टिकटकविरुद्ध एकता
अमेरिकी संसद्मा टिकटकको आलोचनामा रिपब्लिकन र डेमोक्रेट दुवै एक जुट भएका थिए । सुनुवाइका क्रममा रिपब्लिकन सांसद बडी कार्टरले भनेका थिए, “संसद्को सबैभन्दा द्धिपक्षीय समितिमा स्वागत छ ।”

सुनुवाइका क्रममा रिपब्लिकन सांसद बडी कार्टरले भनेका थिए, “संसद्को सबैभन्दा द्धिपक्षीय समितिमा स्वागत छ ।”
यस्तै, रिपब्लिकन सांसद ड्यान क्रेनशाले रिपब्लिकन र डेमोक्रेटहरूलाई सँगै ल्याइदिएको भन्दै टिकटकका सीईओलाई धन्यवाद दिएका थिए ।

अमेरिकाले केही दिनअघि टिकटकलाई बाइटडान्सबाट अलग गर्न वा अमेरिकामा प्रतिबन्धको सामना गर्न चेतावनी दिएको थियो । अमेरिका, क्यानडा, बेलायतका लगायतका केही देशले टिकटकलाई सरकारी उपकरणहरूमा प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् ।बीबीसी

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १३:४३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय