
काठमाडौं । अस्ट्रेलियाबाट टेस्ट क्रिकेटमा पहिलोपटक तेहेरो शतक बनाउने ब्याटर बब कोपरको निधन भएको छ । क्रिकेट अस्ट्रेलियाले आइतबार कोपरको मृत्यु भएको जनाएको हो ।
कोपर लामो समयदेखि रोगबाट ग्रसित थिए । लेफ्ट ह्यान्डेड ब्याटर कपरको ८४ वर्षको उमेरमा निधन भएको हो । “हामी अस्ट्रेलियन क्रिकेटका दिगज्ज व्यक्तित्व बब कोपरको निधनबाट निकै दुःखी छौँ । क्रिकेट अस्ट्रेलिया बबको परिवार, इष्टमित्र र आफन्तजनप्रति समवेदना व्यक्त गर्दछौँ,” क्रिकेट अस्ट्रेलियाका अध्यक्ष माइक बेर्डले जारी विज्ञप्तिमा उल्लेख छ, “सन् १९६० को दशकमा अस्ट्रेलियन र भिक्टोरियन टिमबाट प्रभावमा पार्न सफल बब मेलर्बन क्रिकेट रंगशालामा तेहेरो शतक प्रहार गर्ने लोकप्रिय खेलाडीको रूपमा सबैले सम्झने छन् ।”
उनले सन् १९६४ देखि १९६८ मा अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट २७ टेस्ट खेल खेलेका छन् । उनले सन् १९६६ मा एसेस श्रृंखलाअन्र्तगत अस्ट्रेलियाको मेलर्बन क्रिकेट रंगशामा इंग्ल्यान्डविरुद्ध ५८९ बलमा ३०७ रन प्रहार गरेका थिए । योसँगै उनको नाममा पाँच शतक पनि छ ।