site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित 
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रियसभाबाट आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार बसेको बैठकबाट नीति कार्यक्रम बहुमतले पारित भएको हो ।

आज बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमाथि जवाफ दिएका थिए । उनको जवाफपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । संशोधनका प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । त्यसपछि नीति कार्यक्रम निर्णयार्थ पेस भएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro