site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एप्पलले आइफोन उत्पादन चीनबाट भारत सार्दै

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले अमेरिकामा बिक्री हुने सबै आइफोनहरू अहिले चीनमा उत्पादन हुँदै आएकोमा अब भारतमा सार्नेे योजना बनाएको छ । राष्ट्रपति ट्रम्पको चीनलाई आयात कर लगाउने नीति लिएका छन् । अमेरिका–चीन व्यापार युद्धका कारण एप्पलले चीनमा निर्भरता घटाउन खोज्दै गरेको द गार्जियन न्युजले जनाएको छ ।

अमेरिकाले पछिल्लोपटक प्रविधिका सामानमा लगाएको १२५ प्रतिशत आयातकर अस्थायी रूपमा हटाएको छ । तर, अझै २० प्रतिशत कर यथावत् भएका कारण चीनमा बनेका आइफोन अमेरिका आयात गर्दा २० प्रतिशतसम्म महँगो पर्ने पर्छ । हाल एप्पलले ९० प्रतिशत आइफोन चीनमा र बाँकी उत्पादन भारतमा गर्ने गरेको छ । 

यसैबीच, एप्पलले सन् २०२६ सम्ममा अमेरिकाका लागि ६० मिलियन आइफोन भारतमा बनाउने लक्ष्य राखेको छ । यसको अर्थ भारतमा आइफोन उत्पादन दोब्बर पार्नु हो । फक्सकन र टाटाले मार्च महिनामा नै दुई बिलियन मूल्यका आइफोन अमेरिका पठाइसकेका छन् ।

एप्पलले विशेष कार्गो उडान प्रयोग गरेर ६०० टन (१.५ मिलियन आइफोन) अमेरिका पठाएको थियो । भारतमा एप्पलको तीनवटा कारखाना छन् जसमा चेन्नईको ठूलो फक्सकन प्लान्टसमावेश छ । यो कारखानाले हाल (आइतबार) पनि फोनहरू उत्पादन गरिरहेको छ ।

अमेरिकाले भारतमा बनाइने आइफोनको मात्रा बढाए पनि अन्य उत्पादन भने अझै चीनमै बनाउनेछ । एभरकोरको रिपोर्टअनुसार ५० प्रतिशत म्याक कम्प्युटरहरू र ८० प्रतिशत आइप्याडहरू चीनमा बन्छन् । एप्पल वाच भने धेरैजसो भियतनाममा बन्छ ।

ह्वाइट हाउसले एप्पललाई अमेरिकामा नै आइफोन बनाउन आग्रह गरेको छ । तर विज्ञहरूले उच्च लागतका कारण यो सम्भावना कम भएको बताएका छन् । एप्पलले हालै ५०० बिलियन लगानीको घोषणा गरेको छ, तर यसमा अमेरिकामा आइफोन उत्पादनको कुरा समावेश छ कि छैन भन्ने स्पष्ट छैन ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  २३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro