site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कमेडी च्याम्पियन’को कम्पनी थ्री–प्रोडक्सन अदालत र प्रहरीमा, के हो विवाद ? 
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’लगायत कार्यक्रम गर्दै आएको ‘थ्री–प्रोडक्सन’ कम्पनीमा विवाद देखिएको छ । हिसाब लेनदेनमा कुरा नमिलेपछि सेयरहोल्डर सदस्यबीच विवाद देखिएको हो ।

‘थ्री–प्रोडक्सन’का सञ्चालकमध्येका एक हरिप्रसाद भट्टराईले अर्का सेयरहोल्डर विशाल भण्डारी, सगुन पाण्डे र हिरणकुमार बस्नेतविरुद्ध उच्च अदालत पाटनमा मुद्दा समेत दायर गरेका छन् । उनले हिमालयन टेलिभिजन र ओएसआर डिजिटललाई पनि विपक्षी बनाएका छन् । 

भट्टराईले दुई वर्ष कैद र ५० हजार जरिवानाको माग गरेका छन् । भट्टराईले मुद्दा दायर गरेपछि भण्डारीसहित अन्य सेयरहोल्डरले पनि उनीविरुद्ध मुद्दा दर्ता गरेका छन् । पाउनुपर्ने रकमभन्दा बढी लगिसकेपछि उक्त रकम फिर्ता गर्नुपर्नेमा उल्टै अदालतमा गएको भन्दै भण्डारीले पनि भट्टाईविरुद्ध मुद्दा दायर हुन् ।

एकले अर्कोलाई विपक्षी बनाउँदै अदालती चक्करमा गएपछि थ्री–प्रोडक्सन टिम कानुनी झमेलामा मुछिएको छ । कानुनी झमेलाका कारण थ्री–प्रोडक्सनले घोषित मितिमा कार्यक्रम ल्याउन सकेको थिएन ।

टेलिभिजन शो ‘कमेडी नाइटस् विथ च्याम्पियन’ आफ्नो सहमतिविपरीत आफूलाई कुनै जानकारी नदिई सञ्चालन गर्ने निर्णय गरेको अदालतमा जारी मुद्दामा आरोप लगाइएको छ । भट्टराईले भण्डारीसँगै सगुन पाण्डे र हिरणकुमार बस्नेतलाई विपक्षी बनाएका छन् । 

भट्टराईले ‘थ्री–प्रोडक्सन’मा डेढ करोड रुपैयाँ लगानी गरेका थिए । 

विपक्षी बनाएको पक्षले भने लगानीवापतको रकम डेढ करोडबाहेक ९० लाख रुपैयाँ बढी भट्टराईले लगिसकेको बताएको छ । दुई करोड ४० लाख रुपैयाँ फिर्ता गरेको दायर मुद्दामा भट्टराई स्वयंले पनि उल्लेख गरेका छन् । 

भट्टराईले २६ किस्तामा २ करोड ४० लाख रुपैयाँ लगेको प्रमाण बाह्रखरीलाई प्राप्त भएको छ । 

भट्टराईले वारिस अमिर भट्टराईमार्फत मुद्दा दायर गरेका छन् । ‘थ्री–प्रोडक्सन’का सेयर होल्डर भण्डारीलगायतले बोलाउँदा भट्टराई नआउँदा समस्या भएको बताइएको छ । 

“मलेसियामा रहेका भट्टराईलाई बोलाउँदा आफू नआउने र प्रतिनिधि भन्दै अरुलाई पठाउँछन् । सेयरहोल्डर आफैँ नआउँदा काम गर्ने वातावरण नै रोकिने अवस्था आयो,” थ्री–प्रोडक्सनका एक सेयरहोल्डरले भने, “सल्लाह गर्न र नयाँ योजना बनाउँदा नआउने तर असन्तुष्टि मात्रै नजाएर संस्था अगाडि बढ्दैन ।”

यता, भट्टराईले पाउनुपर्नेभन्दा बढी रकम लगेको दाबीसहित भण्डारीलगायतले रकम फिर्ताको मागसहित मुद्दा दर्ता गराएका हुन् । भट्टराईले शो रोक्न माग गरेपछि भण्डारीले चेक फिर्ताको माग गर्दै मुद्दा दायर गरेका हुन् । 

९० लाख रुपैयाँ बढी पैसा भट्टराईले लगेको भन्दै फिर्ता गर्न माग काठमाडौं जिल्ला अदालतमा भण्डारीले भट्टराईविरुद्ध मुद्दा दायर गरेका छन् । 

यो विषय प्रहरीमा पहिला नै पुगिसकेको छ । प्रहरी परिसर काठमाडौंमा चेक फिर्ताको माग गर्दै भण्डारीले फौजदारी सजायको माग गरेका छन् ।
 
९० लाख रुपैयाँ बढी पैसा लगेपछि फिर्ता गर्नुपर्छ भनी भट्टराईले भण्डारीलगायत सेयर होल्डरलाई झुलाएको भन्दै अन्य सेयर होल्डरहरूले रजिष्ट्रारको कार्यालयसँगै उच्च अदालत पाटन र काठमाडौैं जिल्ला अदालतमा मुद्दा दर्ता गराएका हुन् ।

६ वटा मुद्दा परेकाले विशाल भण्डारीलगायत सेयर होल्डरले एउटै विषयसँग सम्बन्धित मुद्दा भएकाले सबै मुद्दा एकै ठाउँमा राखेर हेर्न माग गर्दै आएका छन् । भट्टराई पक्षले पनि छुट्टाछुट्टै हेरिनुपर्ने माग गर्दा मुद्दा सुनुवाइ हुन सकेको छैन । 

भट्टराई १४ महिनाको सम्झौतामा थ्री प्रोडक्सनमा लगानी गरेका थिए । उनको सम्झौता अवधि सकिसकेको कम्पनीको सम्झौतापत्रमा उल्लेख छ । 

अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा भण्डारीले ‘कमेडी नाइटस् विथ च्याम्पियन’ प्रशारणमा आइसकेको छ । यसको ६ वटा श्रृंखला प्रशारण भइसकेको छ । यो शोको निर्देशन भण्डारीले नै गरेका छन् । शोको होस्ट पनि उनी स्वयं हुन् । पफर्मरको रूपमा ‘कमेडी च्याम्पियन’मा सहभागीसहित विजेताहरू छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro