site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दैनिक कति हिँड्ने ? व्यायामको नाममा कतै समस्या त निम्तिरहेको छैन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । हामीलाई थाहा छ, पैदल हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक छ । चाहे त्यो नियमित व्यायामका लागि होस् या तौल घटाउन ।

मांंसपेशी बलियो बनाउनेदेखि विभिन्न मुटुसम्बन्धी समस्याको जोखिमबाट टाढा रहन पनि पैदल हिँड्नु फाइदाजनक हुने विभिन्न अध्ययनहरूले पुष्टि गरिसकेका छन् । तर व्यायामका नाममा एकैपटक धेरै हिँड्ने वा दौडिने गनार्ले दीर्घकालीन र गम्भीर समस्या पनि निम्तिन सक्छन् ।

अमेरिकाको नेसनल इन्स्टिच्युट अफहेल्थ (एनआईएच)र सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले हिँडाइबारे केही तथ्य र सुझावहरू प्रकाशित गरेका छन्, जुन यसप्रकार छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कुन उमेरमा दैनिक कति हिँड्ने ?
सामान्यतय नियमित व्यायमका लागि दैनिक ३० मिनेट पसिना निस्कनेगरी हिँड्नु उपयुक्त मानिन्छ । तर, ३० मिनेटमा कति दुरी या कुन गतिमा हिँड्ने त ?

यसबारे सीडीसी भन्छ– ६ देखि १७ वर्षसम्मका बालबालिकालाई दैनिक एक घण्टा कुनैपनि किसिमको शारीरिक व्यायाम आवश्यक हुन्छ । त्यसमा हिँड्ने दौडिने, खोल्ने जुनसुकै क्रियाकलाप हुनसक्छ । तर सातामा कम्तीमा तीनदिन कम्तीमा ६ हजार पाइला हिँड्नु उनीहरूका लागि पर्याप्त हुन्छ ।

Global Ime bank

त्यस्तै, १८ वर्षदेखि माथि ६५ का व्यक्तिहरूले नियमित व्यायामका लागि सातामा कम्तिमा १५० मिनेट हिँड्नु उपयुक्त हुन्छ । शारीरिक सुगठनका लागि दैनिक करिब एक हजार पाइला पर्याप्त हुन्छ भने तौल घटाउनुपर्ने भए न्यूनतम १२ हजार पाइला हिँड्नु आवश्यक हुन्छ ।

तर, ६५ वर्षमाथिका वृद्धवृद्धाका लागि अन्य शारीरिक  क्रियाकलाप हेरेर दैनिक न्यूनतम तीन हजार पाइला मात्रै हिँड्नु पर्याप्त हुन्छ ।

कसरी हिँड्ने ?
कहिल्यै  हिँड्ने बानी नभएका व्यक्तिहरूका लागि सुरुमै धेरै समय हिँड्नु वा दौडिनु स्वास्थकर हुँदैन । सुरुआतमा दैनिक १५ मिनेटदेखि बढाउँदै लैजानुपर्दछ । धेरै स्वाँस्वाँ हुने, बोल्न गाह्रो हुनेगरी हिँड्नु उचित हुँदैन ।

सामान्यतय प्रतिमिनेट ८० देखि ११२ पाइला हिँड्नु स्वस्थकर हिँडाइ हो । सामान्य हिसाबले बोल्नसक्ने अवस्थामा हिँड्नु फाइदाजनक हुन्छ, धेरै हिँड्नु वा दौडिनु मस्तिष्क र शरीरको लागि हानिकारक हुनसक्छ ।

व्यायामकै लागि हिँड्दा पनि झुकेर नहिँड्ने, कुइना र कुमलाई खुला छोडिदिने, कुर्कुच्चा र बुढीऔँला राम्रोसँग टेकेर हिँड्ने तथा खुट्टा तान्ने बानी गर्नुपर्दछ ।

आवश्यकताभन्दा बढी हिँड्नु रोग निम्त्याउनु हो
व्यायामका नाममा शरीरलाई आवश्यक पर्नेभन्दा बढी हिँडाइले अचानक दुर्घटना र दीर्घकालीन रोगहरू निम्त्याउन सक्छन् ।

विशेषगरी मुटुसम्बन्धी गम्भीर समस्या भएका व्यक्तिहरूले कडा व्यायाम गर्न वा दौडिन मिल्दैन । सामान्य स्वस्थ व्यक्तिका लागि हिँड्नु फाइदाजनक भएपनि बाथ मुटुरोग भएका, नसासम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि दौडिनु जोखिमयुक्त हुने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उत्तमकृष्ण श्रेष्ठ बताउँछन् ।

एकैदिन लामो समय हिँड्दा थकानसँगै घुँडा र खुट्टाका जोर्नीहरू सुन्निने समस्या देखिन्छन्, यी समस्या एकदुई दिन मात्रै नभइ दैनिक थपिँदै जानपनि सक्छन् ।

आवश्यकताभन्दा बढी हिँड्ने बानीले थकान बढाउँदै लैजाने र दैनिक कार्यमा समेत असर पु¥याउँदै जान्छ, यो समस्या दीर्घकालीन बन्न गइ दैनिक पेसालाई नै असर गर्ने अवस्था पनि रहन्छ ।

लामो हिँडाइपछि मांसपेशी कडा हुँदै जानु, छाम्दा तातो र केही संक्रमण भएजस्तो हुनु, छालामा निलो धब्बाहरू देखिनु नकारात्मक असरका संकेतहरू हुन् ।

त्यस्तै, राति निन्द्रा नपर्ने, चिडचिढापन बढ्ने, आवश्यकताभन्दा बढी तौल घट्नेजस्ता समस्याहरू देखिन थाले हिँडाइको समय घटाउनु पर्दछ ।

कतिपय अवस्थामा महिलाहरूमा कडा व्यायामका कारण महिनावारीमा गडबडी तथा एकदमै छिटोछिटो मुड स्वीङे समस्या पनि देखिने गर्दछ । यसरी धेरै वा कडा हिँडाइबाट परेका क्षणिक असरहरू कम गर्न, शरीरलाई आराम दिने, मसाज गर्ने तथा केही समय हल्काफुल्का व्यायाम गरी फेरि विस्तारै हिँडाइलाई बढाउँदै लैजान सकिन्छ । तर दीर्घकालीन असरबारे भने विशेषज्ञको सल्लाह नै आवश्यक हुन्छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC