site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्यास ‘लिक’ भएमा के गर्ने ?

काठमाडौं । खाना पकाउने एलपी ग्यास अति प्रज्वलनशील पदार्थ हो । यसको गन्धले ग्यास ‘लिक’ भएको संकेत दिन्छ ।

ग्यासको प्रयोग गर्दा उच्च सावधानी अपनाउनुपर्छ । यदि, ग्यास लिक भएमा पहिले रेगुलेटर र चुलोको नब बन्द गर्नुपर्छ ।

यस्तै, झिल्का आउने वस्तु जस्तै : बिजुलीका उपकरण, स्वीच आदि कुनै हालतमा चलाउन नहुने नेपाल ग्यासले जनाएको छ ।

ग्यास लिक भएमा रेगुलेटर छुटाएर सिलिन्डरको भल्बमा सेफ्टी क्याप लगाई सिलिन्डर खुला ठाउँमा राख्नुपर्नेलगायत सावधानी अपनाउनुपर्ने नेपाल ग्यासले जनाएको छ ।

ग्यास लिक भएमा यी कुरामा ध्यान दिनोस्–
१. पहिले रेगुलेटर र चुलोको नब बन्द गर्नुहोस् ।
२. आगोको स्रोतहरू जस्तै : मैनबत्ती, दियो, धूप, सलाई आदि नबाल्नुहोस्, निभाउनुहोस् ।
३. झिल्का आउने वस्तु जस्तै : बिजुलीका उपकरणहरू, स्वीच आदि कुनै हालतमा पनि नचलाउनुहोस् ।
४. झ्याल र ढोका खुला राख्नुहोस् ।
५. रेगुलेटर छुटाएर सिलिन्डरको भल्बमा सेफ्टी क्याप लगाई सिलिन्डर खुला ठाउँमा राख्नुहोस् ।
६. तुरुन्त आफ्नो नजिकको ग्यास विक्रेता वा प्लान्टमा सम्पर्क गर्नुहोस् ।

(नेपाल ग्यासद्वारा जारी सेफ्टी टिप्स)

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ०७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro