site stats
बाह्रखरी :: Baahrakhari
देश
सामाजिक सञ्जालमा निराशाजनक स्टाटस लेखेका चिकित्सक सकुशल फेला
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा निराशाजनक स्टाटस लेखेका एक चिकित्सकलाई प्रहरीले फेला पारेका छ । डा. केशव श्रेष्ठ काठमाडौंको तारकेश्वर नगरपालिका–३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा रहेको अवस्थामा सकुशल भेटिएको प्रहरीले जनाएको छ ।

नवलपुरका ३४ वर्षीय चिकित्सक श्रेष्ठले सोमबार (असार २) बिहान फेसबुकमा निराशाजनक स्टाटस लेखेका थिए । त्यसपछि उनी ‘सम्पर्कविहीन’ थिए । उनी काठमाडौंकै सुकेधारामा बस्दै आएका थिए । खोजी गर्ने क्रममा उक्त रिसोर्टमा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।

आफू जिल्ला अस्पताल रामेछापमा कार्यरत रहँदा विभिन्न व्यक्तिले अस्वाभाविक दुःख दिएर सरुवा गराएको उनले दुःखेसो पोखेका थिए ।
 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १४:२८
प्रतिक्रिया दिनुहोस्