site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘एमाले–माओवादी केन्द्र तालमेल र एकताको प्रक्रियामा छ’
SkywellSkywell

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि वृहत वाम ध्रुविकरणको आवश्यकता औँल्याएको छ । आइतबार बिहान बसेको पार्टी स्थायी कमिटीको बैठकले औपचारिक रूपमै माओवादी केन्द्र र विचार मिल्ने अन्य वाम घटकसँगसमेत तालमेल गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको हो ।

तीन चरणमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा ‘पानी बाराबार’को अवस्थामा रहेका माओवादी केन्द्र र एमालेबीच तालमेल गरेर जाने अवस्था किन निर्माण भयो ?

एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराइ भन्छन्, “पटक-पटक सत्ताको नेतृत्व गरेको कांग्रेसले मुलुकलाई दिशा दिन नसकेकाले वाम ध्रुविकरणको आवश्यकता टड्कारो भएको हो, वामपन्थी नमिली देशमा परिवर्तनको संस्थागत विकास र संविधानको कार्यान्वयन हुन पनि गाह्रो छ ।”

KFC Island Ad
NIC Asia

उनले कांग्रेसबाट मुलुकको राष्ट्रियता, सार्वभौमिकता नजोगिने, संविधानमा उल्लेख समाजवादी व्यवस्थामासमेत मुलुक अघि बढ्न नसक्ने निष्कर्ष निकालेर दुवै पार्टीको साझा धारणाका रूपमा वाम गठबन्धनको कुरा आएको बताए ।

“दुवै पार्टीका बीचमा कमी कमजोरी रहे होलान्, विगततिर नजाऔँ, आजको आवश्यकता भनेको वामपन्थीबीचको तालमेल, एकता र सहकार्य नै हो,” उनले जोड दिए ।

Royal Enfield Island Ad

दुवै पार्टीको समान धारणा
एमाले सचिव भट्टराईकाअनुसार एमाले माओवादी केन्द्रको समान धारणा छ–पूँजिवादी क्रान्ति सम्पन्न भइ मुलुक समाजवादतर्फ अघि बढिसक्यो । तत्कालिन एमाओवादीको हेटौँडा महाधिवेशन र एमालेको नवौँ राष्ट्रिय महाधिवेशनको निष्कर्ष हो यो ।

समाजवादको नेतृत्वका पुँजिवादी पार्टीबाट सम्भव छैन । त्यसको नेतृत्व वामपन्थीहरूले नै गर्नुपर्छ । 

तर, पछिल्लो सत्ता समिकरणको अभ्यास, मौजुदा व्यवस्था र जनमतको अवस्थाले एमाले एक्लैले बहुमत ल्याउने अवस्था नरहेकाले माओवादी केन्द्रसहित अन्य वाम घटकहरूसँग तालमेल गरेर चुनावमा जानु पर्ने निष्कर्ष निकालिएको भट्टराईको दाबी छ । उनी भन्छन्, “तीन करोड जनसंख्या छ, पार्टी ३७ वटा छन् । समानुपातिकमार्फत एक सिट जम्मा गर्ने र सत्ताको ‘बार्गेनिङ’ गर्ने संस्कृति भइसक्यो, यसलाई निरुत्साहित तुल्याउन पनि वाम ध्रुविकरणको आवश्यकता छ,” उनको तर्क थियो ।

सम्मानजनक तालमेल
प्रदेशगत तालमेल हुन्छ कि आवश्कताअनुरूप निर्वाचन क्षेत्रमा मिल्नुहुन्छ ? भन्ने बाह्रखरीको जिज्ञासामा सचिव भट्टराईले त्यसविषयमा विस्तृत कार्ययोजना नबने पनि ‘सम्मानजनक तालमेल’ हुने धारणा राखे ।

यो एमालेको नेतृत्वमा सरकार बन्ने पूर्वाभ्यास हो ? भन्ने अर्को जिज्ञासामा उनले सरकार गठनसम्म छलफल पुगिनसकेको बताउँदै निर्वाचनमा मिलेर अघि बढ्ने र चुनावपछि त्यसविषयमा कुराकानी हुने जवाफ दिए ।

“त्यो पछि हुने समझदारीले तय गर्ने कुरा हो, अहिले नै त्यस विषयमा कुराकानी भएको छैन,” उनको भनाइ थियो ।

र, अन्तिममा पार्टी एकता
आइतबार रुकुममा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका नेता वर्षमान पुनले एमालेसँग चुनावी तालमेल होइन, पार्टी एकता नै हुन सक्ने बताएका थिए । त्यस्तै एमाले सचिव भट्ट्राईले पनि वृहत वाम ध्रुविकरण र एमाले–माओवादी केन्द्रबीच एकता गर्ने विषयमा समेत कुराकानी भइरहेको बताउँछन् ।

“अहिले नै पार्टी एकता हुन्छ, हाम्रो कुरा यो होइन, तर हामीले त्यस विषयमा पनि छलफल सुरू गरिसकेका छौँ ।

कांग्रेसलाई कमजोर बनाउने रणनीति
स्थानीय निर्वाचनमा एमालेले अपेक्षाकृत नतिजा ल्याउन सकेन । एमालेले आफू सोचेजति बलियो नरहेको र माओवादी केन्द्र कमजोर नभएको विश्लेषण निकाल्यो । त्यसमाथि स्थानीय तहको अन्तिम निर्वाचनअन्तर्गत दुई नम्बर प्रदेशमा १८ तहमा खुम्चिएपछि एमाले ‘झल्याँस्स’ हुन पुग्यो । र, पार्टीले तालमेलको आवश्यकता महसुस गरेको स्वयम् एमालेका नेताहरू स्वीकार्छन् ।

त्यस्तै माओवादी केन्द्रलाई पनि कांग्रेसको ‘पिठ्युँ चढेर’ पार नलाग्ने र भएको जनमत पनि अन्य वामपन्थी पार्टीतिर आकर्षित हुने भयले पछिल्लो समय गाँज्न थालेको विश्लेषण हुन थालेको छ ।

पछिल्लो सत्ता–गठबन्धनको फाइदा कांग्रेसलाई नै भएको र त्यसले वामपन्थी शक्तिलाई कमजोर बनाएको निष्कर्ष निकाल्दै एमाले–माओवादी केन्द्र तालमेको रणनीतिमा अघि बढेको स्रोतको दाबी छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १६, २०७४  १०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro