site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विवादै विवादमा क्यान, बहुमतको आडमा बोर्ड बैठक
Sarbottam CementSarbottam Cement

पोखरा । पोखराको ड्यामसाइडमा छ आलिसान होटल ‘यल्लो प्यागोडा’ । फेवाकिनारको यो भव्य होटल पोखराकै सुविधायुक्त होटेलमध्येको एक हो । यही होटेलको सातौँ तलामाथि हल छ । त्यही हलमा चलिरहेको छ, नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्यसमिति बैठक ।

नेपाली क्रिकेटमाथि उठेका कैयन् प्रश्नको छलफल त्यहाँ हुनुपर्ने हो, त्यसका लागि बैठकमा सबै सदस्यहरु पनि उपस्थित हुनुपथ्र्यो । जारी यो बैठकले क्यानको समस्याको ‘हल’ त खोजेन, तर विवाद भने झनै बढाएको छ । 

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले उठेका यी समस्याको लागि अगाडि उभिएर प्रष्टीकरण नदिएर बैठकको निर्णय एक विज्ञप्ति जारी गरेर सार्वजनिक गर्ने बताएका छन् । उनी नेतृत्वको क्यानको बैठकमा पोखरामा १६ जना सदस्य उपस्थित छन् । तर, सहभागी भने १० जनामात्रै छन्, जसको कारण नेपाली क्रिकेटभित्र देखिएका र उठेका प्रश्नहरु नै हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

क्यानका पदाधिकारीहरुले बारम्बार नोट अफ डिसेन्ट लेख्नेदेखि राजीनामा माग्ने गरेका छन् । त्यसकै फलस्वरुप मंगलबार पोखरामै भएका ६ जना सदस्यहरुले पुनः पदाधिकारीको राजीनामा माग्दै बैठक बहिष्कार गरेका छन् । बैठक बिहान १० बजे सुरु हुनुपर्ने थियो । तर, असन्तुष्ट ६ सदस्य ढिलो आएपछि एक बजे सुरु भएको थियो । नेपाल टी–२० लिगमा भएका विविध गल्तीको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताउँदै अध्यक्षसहित कार्यसम्पादन समितिको राजीनामा माग गर्दै पत्र बुझाएर बैठक छाडेका हुन् । त्यसपछि भोजनको लागि बैठक स्थगित भएको थियो ।

पत्रकार सम्मेलन गरेर असन्तुष्ट सात केन्द्रीय सदस्यहरुले एकमात्र माग भनेकै ‘कार्यसम्पादन समिति’ र ‘गभर्निङ सदस्य’को राजीनामा रहेको बताएका छन् । ऋषिराम गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करन महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले पत्रकार सम्मेलन गर्दै नेतृत्वको राजीनामा मागेका छन् । उनीहरुले नै क्यानको बैठक बहिस्कार गरेका हुन् ।

Global Ime bank

केन्द्रीय सदस्य ऋषिराम गौतमले क्यानको केन्द्रीय बैठक डाकेको पाँच दिनअघि जानकारी दिए पनि बैठकमा प्रस्तुत हुने प्रस्ताव भने सोमबार रातिमात्रै मेलमा आएको बताए । उनका अनुसार बोर्ड बैठकमा पहिला नै प्रस्ताव पाउँदा आफूहरुले त्यसको राम्रो अध्ययन गर्ने र धेरै कुरा बाहिर आउने सम्भावना रहेकाले अन्तिम समयमा मात्रै उपलब्ध गराएको बताए । 

“हामीलाइ पाँच दिनअघि बैठकको बारेमा फोन आयो । एजेन्डा माग्दा हामी दिइहाल्छौँ भने, तर सोमबारसम्म आएन । राति १० बजेपछि मेलमा आएको रहेछ । मंगलबार बिहान त बैठकै थियो । आखिर किन हामीलाई एजेण्डासमेत समयमा दिइएन ?,” प्रश्नसँगै उनले क्यान अध्यक्षले यसअघिसमेत बेइमानी गरेको आरोप लगाए ।

राजीनामाको मागसहित पत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । “हामीले पहिला मागेको राजीनामालाई नै निरन्तरता दियौँ । त्यही आशयसहितको एउटा पत्र पनि बुझायौँ । हामीले अध्यक्षको राजीनामा मागेका छौँ,” उनले भने, “राजीनामा मागिसकेपछि बैठकमा बस्न कुन नैतिकताले मिल्छ र ? अब हेरौँ उनीहरुको निर्णय के हुन्छ । हामीलाई छलफल गर्छाैँ भन्नुभएको छ ।”

बैठक बहिस्कार गरेर पत्रकार सम्मेलन गरेका उनीहरुसँग दोहोरी नखेल्ने भन्दै अध्यक्ष चन्दले बहुमत सदस्यको आडमा बैठक जारी राखेका छन् । “दोहोरी खेल्ने समय छैन,” उनले भने ।

विभिन्न १७ वटा एजेण्डासहित क्यानको बैठक भने जारी छ । त्यसमा सन्दीप लामिछानेको निलम्बन फुकुवाबारेको प्रस्ताव पनि छ । चार महिनापछि बसेको बोर्ड बैठकमा नेपाल टी–२० लिग विवाद, मुख्य प्रशिक्षक नियुक्ति, आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज आयोजना, एसीसी प्रिमियर कप नेपालमा आयोजना, कार्यसम्पादन समितिको निर्णय अनुमोदन, प्रदेश तथा केन्द्रीय निर्वाचन, यू–१९ विश्वकप एसिया छनोट, यू–१९ को कप्तान र उपकप्तान छनोट, २०२३ को खेलाडी वर्गीकरणलगायत एजेण्डा रहेका छन् ।

क्यानले उक्त एजेण्डाहरु मंगलबारको बैठक सुरु हुनु करिब १२ घण्टाअघि मात्रै दिएको सदस्यहरुलाई दिएको थियो ।

“उनीहरुले हामीलाई एजेन्डा १५ गते दिने भनेका थिए । त्यो हामीले पढ्न पनि पाएनौँ । हामीलाई ९–१० बजे राति पठाएका थिए । हामी अब बैठकमा बस्दैनौँ,” राजीनामा माग गर्नेमध्येका छुम्बी लामाले भने ।

यता मंगलबार नै सेभेन थ्री स्पोर्ट्सले एकतर्फी रुपमा क्यानसँग भएको सम्झौता रद्द गरेको छ । उक्त सम्झौता गर्ने बेलामा पनि केन्द्रीय सदस्यहरुलाई थाहा नै नदिएको उनीहरुको आरोप छ । यहाँसम्म कि, सम्झौतापत्र पनि डेढ वर्षपछि मात्रै पाएको उनीहरुले बताएका छन् । क्यानले २०७७ माघ ८ गते भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग लिग सञ्चालनका लागि सम्झौता गरेको थियो ।

क्यान र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सबीच भएको सम्झौतापश्चात् नेपाल टी–२० लिगमा भएका विभिन्न अवान्छित गतिविधिबाट नेपाल क्रिकेटको बदनामसँगै संघको दुर्गति भएको उनीहरुको आरोप छ । तर, उक्त सम्झौता नै गैरकानुनी तरिकाले भएको उनीहरुको आरोप छ । क्यान अध्यक्षले बोर्ड बैठकबिनै बैठकबाटै पारित भएको भनेर झुठा विवरण पेस गर्दै सम्झौता गरेको उनीहरुको आरोप छ । 

क्यानको बोर्ड समिति १९ सदस्यीय रहेको छ । जसमा उपाध्यक्ष राजु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएका छन् । हाल १७ सदस्य रहेका छन् । जसमा सातजनाले बहिस्कार गरे पनि १० जनाको उपस्थितिमा बैठक सुरु भएको छ । बहुमतको आडमा सुरु भएको बैठक सुरु हुन नपाउँदै विवादित बनेको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  २१:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !