site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रौतहटलाई स्तब्ध पार्दै एपीएफ लुम्बिनी कप महिला फुटबलको फाइनलमा

काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रंगशालामा बुधबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा रौतहट फुटबलको टोलीलाई ३–० गोल अन्तरले स्तब्ध पार्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाप सकिँदासम्म दुवै टिमबाट गोल हुन सकेन । एपीएफको तर्फबाट दोस्रो हाफको ७३औँ मिनेटमा अनिता केसीले गोल गरिन् । ८०औँ मिनेटमा एपीएफकै निशा ठोकर र ९०औँ मिनेटमा सविता रानामगरले एक–एक गोल थपे । थप गरिएको तीन मिनेटको अतिरिक्त समयमा पनि रौतहटले कुनै गोल गर्न सकेन ।

खेलमा म्यान अफ द म्याच एपीएफकी अनिता केसी भइन् ।

एपीएफले अब उपाधिका लागि शुक्रबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्ने छ । पुलिसले मंगलबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गरेर फाइनल यात्रा तय गरेको थियो । फाइनल खेल दिउँसो ३ बजे सुरु हुने मिडिया संयोजक नीरज गौतमले जानकारी दिए ।

प्रतियोगितामा नेपाल र भारतका गरेर आठवटा टिम सहभागी भएका थिए । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब र रौतहट जिल्ला फुटबल संघ टिम सहभागी भए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  २३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro