site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वृद्धभत्ताको रकम नदिएपछि आमाको हत्या
Sarbottam CementSarbottam Cement

धनगढी । कैलालीमा बन्चरो प्रहारबाट एक वृद्धाको हत्या भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का ७१ वर्षीया लगनीदेवी थरुनीको हत्या भएको हो । 

बन्चरो प्रहारबाट गम्भीर घाइइते भएकी थरुनीलाई उपचारका लागि लम्कीको लालरत्न अस्पताल लगिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

लम्कीमा उपचार सम्भव नभएपछि धनगढी ल्याइएको थियो । उनलको धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा उनका छोरा ४० वर्षीया श्रीराम थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट आमालाई बन्चरो प्रहार गरेर श्रीरामले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । 

श्रीराम पहिला पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ । उनले वृद्धभत्ताको रकम आमाले नदिएपछि बन्चरोले ढाड र खुट्टामा प्रहार गरेको बताइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC