site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बुटवलको बुद्धनगरदेखि नहरपुर जोड्ने सडक निर्माण सुरु
Sarbottam CementSarbottam Cement

बुटवल । बुटवल उपमहानगरपालिकाको बुद्धनगरदेखि नहरपुर जोड्ने सडक निर्माणको काम सुरु भएको छ । बुटवल ११ बुद्धनगर तिनाउ पुलदेखि नहरपुर झोलुंगे पुलसम्मको सडक बिस्तार तथा कालोपत्रे गर्ने कामको सोमबार शिलान्यास भएको हो ।

बुद्धनगरमा एक कार्यक्रमका बीच नगरप्रमुख खेलराज पाण्डेयले सडकको शिलान्यास गरेका हुन् । सडकको शिलान्यास गर्दै प्रमुख पाण्डेयले बुद्धनगरदेखि नहरपुरसम्मको सडक बिस्तारका क्रममा स्थानीयलाई साथमा लिएर काम अघि बढाउने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले स्थानीयलाई लाभ हुने र पूर्वपश्चिम राजमार्गको तिनाउ पुल निर्माणको काम सुरु भएपछि वैकल्पिक सडकका रुपमा प्रयोग हुने गरी सडक बिस्तार गर्न लागिएको बताए । उनले स्थानीयको आवश्यकता र मागअनुसार सडक बिस्तारको काम अघि बढाउने बताउँदै निर्माण व्यवसायीलाई साथ दिन आग्रह गरे ।

प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवल उपमहानगरपालिकाका भित्री सडकहरुको स्तरोन्नति र निर्माणको काम सुरु भएको र यसले निरन्तरता पाउने बताए । दुई करोड ६० लाख ६५ हजार लागतमा ठेक्का सम्झौता भएको सडक आगामी जेठ १५ भित्र सम्पन्न गर्ने गरी थापा दास जेभी बुटवलले ठेक्का पाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC